देउवाले एमाले सरकारलाई नङ्ग्याएपछि कम्युनिस्टको शिर झुक्यो, कालोनिलो भए ओली

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत पाउँदैन भन्दा भन्दै पनि मत मागेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको विशेष बैठकमा बोल्दै देउवाले ओली सरकारलाई विश्वासको मत दिन नदिने बताए । उनले भने, ‘यो संसदले मलाई विश्वासको मत दिँदैन भनेर ओलीजीले बुझ्नुभएको छ । कांग्रेसले मत दिन्न ।’

प्रतिनिधि सभा विघठन गरेर असंवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्ने सरकारलाई मत दिन नसकिने बताए ।

देउवाले कोरोना नियन्त्रण गर्न नसकेको, शान्ति सुरक्षा दिन नसकेकोलगायतको आरोपहरू लगाउँदै प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने बताए । उनले ओलीलाई हराउन उनले आह्वान गरेका छन् । ओली सरकारकै कारण मुलुकमा कोरोनाले भयाबह अवस्था भएको बताए । ओलीलाई सबै दोषको जिम्मेवारी दिए ।

सभापति देउवाले विश्वासको मत पाउन नसक्ने अवस्था रहेको भन्दै संविधानको धारा ७६ (२)अनुसार अर्को सरकार बनाउनुपर्ने अवस्था रहेको बताएका छन् ।

स्वास्थ्य सामग्री खरिद, कोरोनाविरुद्धको खोप खरिदमा कमिशन र भ्रष्टाचार भएको भन्दै सभापति देउवाले ओलीको आलोचना गरे । देउवाले आफू निकटका व्यापारीलाई पोस्न भ्रष्टाचार र कमिशन काण्ड गरेको ओलीलाई आक्षेप लगाएका छन् । उनले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई कारबाही भन्दा पनि दोषीहरूलाई बचाएको बताए ।

कोरोना महामारीका बेला ओलीले अपुरो धरहरा उद्घाटन गरेर कोरोना फैलाएको आरोप लगाएका छन् ।

देउवाले कोरोनाका बिरामीले उपचारमा अक्सिजन नपाएको भन्दै देउवाले अस्पतालमा उपचार नपाएर बिरामीहरूले ज्यान गुमाउनु परेको बताएका छन् ।

कांग्रेस सभापति देउवाले संवैधानिक परिषदको बैठक संविधान विपरित आफू अनुकूल गरेर राखेको भन्दै संसद छल्न अध्यादेशबाट आफ्ना मान्छे भर्ती गरेको बताएका छन् । उनले संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरोध गरको बताए ।

सांसद अपहरण गरेको आरोप पनि देउवाले ओलीलाई लगाएका छन् । ओलीलाई सभापति देउवाले संविधानभन्दा माथि छु भन्ने अहँकार रहेको बताएका छन् ।

ओलीले सांसद पदको सपथ नै नलिएर प्रधानमन्त्री पदको सपथ लिएको भन्दै देउवाले ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको बताए ।

पानीजहाज, घरमा ग्यासको पाइप, कोही भोकले मर्ने छैन, सडकमा बालबालिका रहनेछैन, माग्नुपर्ने छैन, विदेश जानुपर्ने छैन भनेर ओलीले निर्वाचनमा भनेको अभिव्यक्ति कहाँ पूरा भयो भनेर देउवाले प्रश्न गरेका छन् ।

कोरोना नियन्त्रण भएको भनेर ओलीले अन्तर्राष्ट्रिय जगतलाई गुमराहमा राखेको देउवाले बताएका छन् । उनले ओली सरकारका कारण परराष्ट्रनीति निकै कमजोर भएको बताएका छन् ।

कांग्रेस सभापति देउवाले सकारको एकएक हर्कत र गल्तीहरूको भण्डाफोर गरेपछि प्रधानमन्त्री ओलीले कालोनिलो भएका थिए ।

Published : Monday, 2021 May 10, 3:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया