यस्तो थियो ओलीको धम्की, नेपाल समूह डरले थुरुरु

काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले आफ्नै पार्टीको सरकार ढाल्न क्रियाकलाप नगर्न वरिष्ठ नेता माधव नेपाल समूहलाई चेतावनी दिएका छन् ।

विश्वासको मत लिन केही घण्टा बाँकी रहेका बेला ओलीले आइतबार विज्ञप्ति जारी गरे नेपाल समूहलाई अहँकार र इश्र्याले सरकार ढाल्न लागेको आरोप लगाए ।

‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या छन्’, नेपाल समूहप्रति लक्षित गर्दै ओलीले भने, ‘यस आन्दोलनलाई उनीहरूको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन ।’

उनले भने, ‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरूका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी÷गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन् ।’

‘कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरूको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरू पनि आज देखा परेका छन्’, ओलीले चेतावनी शैलीमा भनेका छन् ।

‘यी प्रवृत्ति कुनै पनि हिसावले उपयुक्त होइनन् र यी हानिकारक छन्’, ओलीले विज्ञप्तिमा चेतावनी दिएका छन् ।

ओलीले नेपाल समूहलाई प्रश्न गर्दै भनेका छन्, ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं ?’

‘तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु’, उनले भने ।

‘यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो’, ओलीले भने, ‘यस पार्टीका इमान्दार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पु¥याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा म विश्वस्त छु ।’

‘भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन’, ओलीले धम्कीपूर्ण शैलीमा भनेका छन्, ‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबूत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु ।’

नेपाल समूहका सांसदहरूले समूहिक राजीनामा दिन संसद सचिवालय सिंहदरबार पुगेका बेला ओलीले सफ्ट चेतावनीयुक्त विज्ञप्ति जारी गरेर धम्की दिएका हुन् ।

ओलीको धम्कीले राजीनामा दिने तयारीमा रहेको नेपाल समूह पछाडि फर्किएको छ । ओली समूहको धम्की नेपाल समूह डराएर थुरुरु भएको चर्चा छ ।

Published : Sunday, 2021 May 9, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया