बुढानिकलण्ठबाट खुसी हुँदै बारिए माधव नेपाल, ओलीदेखे खेलाडीको असली खेल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।

बुढानिलकण्ठमा देउवा र नेपालबीच मुलुकको समसामयिक विषयमा छलफल भएको हो ।

देउवा र नेपालबीच प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई हटाउने विषयमा सकारात्मक कुराकानी भएको स्रोतको भनाइ छ । देउवाको कुरा सुनेपछि नेता नेपाल खुसी हुँदै बुढानिकलण्ठबाट बाहिरिएका छन् ।

देउवा–नेपालवीच प्रधानमन्त्री खड्गप्रसाद ओलीले वैशाख २७ गते विश्वासको मत लिन लागेको सन्दर्भमा पनि सम्वाद भएको छ ।

नेपाल समूहले ओलीलाई वैशाख २७ गते सहयोग नगर्ने संकेत गरिसकेको छ । तर, नेपाल समूहलाई फकाउन ओलीले विष्णु पौडेललाई परिचालन गरेको स्रोतको भनाइ छ ।

पौडेलले बिहीबार नेपाल समूहका नेताद्वय सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग भेट गरेर मिलेर जान प्रस्ताव गरेका छन् । ओली समूहले नेपाल समूहलाई गरेको कारबाही फिर्तालगायतका मागका विषयमा पनि छलफल भएको छ ।

वरिष्ठ नेता नेपालले यसअघि बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग पनि वार्ता गरेका थिए ।

Published : Thursday, 2021 May 6, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया