पोखरेललाई तोरीको फूल देखाउने पाण्डेयले पाए पुरस्कार, काठमाडौंमा भेट हुने

बुटवल । एमालेका नेता शंकर पोखरेललाई मुख्यमन्त्री बन्ने क्रममा एमाले छाडेर तनाब दिएका एमालेका लुम्बिनी प्रदेश सभाका सांसद दूगनारायण पाण्डेयलाई विपक्षी चार दलले राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गरेर पुरस्कृति गरेका छन् ।

एमाले परित्याग गरेर चार दलीय गठबन्धनलाई सहयोग गरेका पाण्डेयलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय पनि गरेका छन् । जेठ ६ गते उप–निर्वाचन हुँदैछ ।

पाण्डेयले आइतबार एमालेबाट राजीनामा दिएका थिए । पाण्डेय अब हुने राष्ट्रिय सभा सदस्यको उप–निर्वाचनमा साझा उम्मेदवार बन्ने भएका हुन् । पाण्डेयकै कारण पोखरेललाई मुख्यमन्त्री बन्न सबैभन्दा ठूलो झड्का लागेको थियो ।

पाण्डेय प्रदेश सभा निर्वाचनमा हृदेश त्रिपाठी समूहबाट सूर्य चिन्ह लिएर कपिलवस्तु क्षेत्र नम्बर २ ‘क’ बाट निर्वाचित भएका थिए ।

त्रिपाठी स्वतन्त्र समूह भएपनि पाण्डेय एमालेमा प्रवेश गरेका थिए ।

एमालेका मुख्यमन्त्री शंकर पोखरेलाई समर्थन गर्नुपर्ने अवस्था आएपछि पाण्डेले सांसद पदबाट राजीनामा दिएका थिए ।

पाण्डेयले राष्ट्रिय सभामा चार पार्टीको साझा उम्मेदवार भएको बताएका छन् । राष्ट्रिय सभामा जितेर आएमा पाण्डेयसँग काठमाडौंमा भेट हुनेछ ।

पाण्डेयलाई यसअघि माओवादीको तर्फबाट राष्ट्रिय सभा सदस्य भएका चन्द्रबहादुर खड्काको ठाउँमा उम्मेदवार बनाइनेछ । खड्का एमालेमा प्रवेश गरेपछि उक्त पद रिक्त छ ।

Published : Monday, 2021 May 3, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया