कोरोना संक्रमित अस्पतालको ढोकामा मर्दा पनि कम्युनिस्ट सरकार किन बोल्दैन ?

काठमाडौं । कोरोना महामारीले पूरै देश संकटमा परेको छ । कोरोनाभाइरसका संक्रमितका बिरामीहरूले उपचार पाइरहेका छैनन् । अस्पतालमा पुगेका बिरामीहरू भित्र प्रवेश गर्न नपाइ बाहिरिन बाध्य छन् ।

लुम्विनी प्रदेशको अवस्था झन् भयाबह अवस्थामा पुगेको छ । काठमाडौं उपत्यकाको अवस्था पनि त्यस्तै छ । प्रदेश २ पनि कोरोना संक्रमतिका बिरामी बढेर हटस्पटनै बनेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ पनि कोरोनाबाट समस्यामा परेका छन् ।

सरकारले कोरोना संक्रमण रोकथाम र उपचारमा काम गरिरहेको जनाएको छ । सरकारको कामबाट जनता खुसी छैनन् । सरकारले कछुवाको गतिमा काम गरिरहेको छ । सरकारले किन काम गर्न ढिलाइ गरिरहेको छ भनेर सामाजिक सञ्जालमा प्रश्नहरू उठेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले शुक्रबार जारी गरेको अपीलले सरकार कोरोनाभाइरसको संक्रमण रोकथाम र उपचारमा असफल भइसकेको देखाएको छ ।

बेड दिएर अस्पतालमा कोरोनाका संक्रमितलाई उपचार गर्न नसकिने स्वास्थ्य मन्त्रालयले जनाएपछि देशको अवस्था भयाबह भइसकेको तथ्याङ्क दिएको छ ।

भारतसँगको सिमाना सिल गर्नुपर्नेमा बल्ल सीसीएमसीले सिफारिस गरेको छ । हवाइ उडान पनि सरकारले रोक्न सकेको छैन । भारतबाट कोरोना संक्रमितहरू निर्बाध नेपालमा भित्रिएका छन् ।

भारतको दवावमा सरकारले हवाइ उडान रोक्न सकेको छैन भनेर आलेचना भइरहेको छ । सिमाना पनि सिल नगरेको आरोप लागेको छ ।

भारतमा कोरोना संक्रमण बढेपछि भारतीयहरू ज्यान बचाउन नेपाल आउन थालेका समाचार बाहिर थालेका छन् ।

निषेधाज्ञाको मौका छोपेर सरकारले छिटोभन्दा छिटो बेडहरू बढाउने, स्वास्थ्य सामग्री खरिद, स्वास्थ्यकर्मीको आपूर्ति, चिकित्सक र स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिनेलगायतका कार्यहरू गर्नुपर्छ ।

सरकारले कोरोना संक्रमण कसरी नियन्त्रण गर्ने भनेर दलहरूसँग सरसल्लह गरेको छैन । स्वास्थ्य विज्ञहरूसँग पनि सरकारले कुनै सरसल्लाह गरेको छैन । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले शुरुका दिनमा चुरीफुरी देखाएपनि अहिले सुनसान छन् । त्रिपाठीले के काम गरिरहेका छन् ? भनेर प्रश्न उठेको छ ।

कोरोना संक्रमितहरूले उपचार नपाएर अस्पताल बाहिर मर्नुपर्दा पनि स्वास्थ्यमन्त्रीको बोली फुटेको छैन ।

राममन्दिर स्थापना, रामको रथयात्रा, पशुपतिनाथमा सुनको गजुरा हाल्ने, धरहरा उद्घाटन, एमालेको सभा सम्मलनमा सहभागी भएर बोल्दै आएका प्रधानमन्त्री केपी ओली पनि कोरोना संक्रमणले देशलाई संकटमा पार्दा पनि एक शब्द बोलेका छैनन् ।

Published : Saturday, 2021 May 1, 11:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया