कांग्रेसलाई साथ दिने जसपाको बोल्ड निर्णय, ओली–पोखरेल–ठाकुरलाई शक्तिशाली झड्का

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई समूहले अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको छ ।

काठमाडौंमा बसेको कार्यकारिणी समितिको बहुमत सदस्यहरूको बैठकले प्रधानमन्त्री केपी ओलीविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको हो ।

जसपाको यो निर्णयले प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकार ढल्ने बलियो सम्भावना भएको छ । ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई साथमा लिएर सरकार बचाउन खेल गरेका थिए ।

जसपाभित्र ओलीको खेलकुद फेल भएको छ । उपेन्द्र–बाबुराम समूहको बहुमतको यो निर्णयले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन सहज हुनेछ । ओली–ठाकुर–महतोहरू जिल परेका छन् ।

लम्विनी प्रदेशका एमालेका मुख्यमन्त्री शंकर पोखरेलको पद पनि खुस्किने सम्भावना बढेर गएको छ । पोखरेललाई साथ दिएका जसपाका चार सांसदलाई कारबाही गरेपछि एमालेको लुम्विनी प्रदेशको सरकार संकटमा परेको छ ।

वैशाख १४ गते बसेको बैठकले लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ । जसपाले लम्विनी प्रदेशमा पनि अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको छ ।

लुम्बिनीमा सरकारमा गएका चार प्रदेशसभाका सांसदलाई कारबाही गर्ने र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको छ ।

जसपाको उपेन्द्र–बाबुराम समूहको कार्यकारिणी समितिको बहुमत सदस्यको बैठकले एकमतले निर्णय गरेको हो । जसपाको निर्णयका बारेमा कांग्रेसलाई पनि जानकारी गराइनेछ ।

दुई दिन अगाडि जसपाको पदाधिकारी बैठक बसेको थियो । बैठकमा उपेन्द्र–बाबुरामले कार्यकारिणीको बैठक बोलाउन माग गरेका थिए ।
अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बैठक बोलाउन अस्वीकार गरेका थिए ।

Published : Friday, 2021 April 30, 5:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया