चित्रबहादुर केसीद्वारा एमाले र ओलीको भण्डाफोर

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ एमालेले सत्तामा टिकिरहन मन्त्रीको व्यापार गरिरहेको आरोप लगाएका छन् ।

शुक्रबार बिहान नेपाली रेडियो नेटवर्कमा अन्तर्वार्ताका क्रममा अध्यक्ष केसीले सत्ता टिकाउन गण्डकी र लुम्बिनी प्रदेशमा बनाइएका मन्त्रीहरूबाट सरकार नटिक्ने बताए । उनले भने, ‘सरकार टिकाउन मन्त्री बनाएको छ । त्यो मुतको न्योनो हो ।’

उनले मन्त्रीको व्यापारमा लागेको भन्दै एमालेको आलोचना गरेका छन् । उनले सत्ताका लागि पैसाको खेल भएको भन्दै पैसा खाने काम भइरहेको बताए ।

उनले भनेका छन्, ‘प्रतिगमनको काँध थापेर हिँड्ने प्रदेश सरकारहरूलाई समर्थन गर्दैनौँ ।’

गण्डकी प्रदेशमा भएको घटनाको छानिवन गरेर बास्तविक कुरा बाहिर ल्याउने अध्यक्ष केसीले बताएका छन् ।

उनले चरक अस्पतालमा रहेका आफ्नै पार्टीका नेतालाई भेट्न नदिएको भन्दै आक्रोश पोखरेका छन् । उनले आफन्तलाई पनि बिरामीलाई भेट्न नदिएको बताए । उनले भने, ‘के भएको रहेछ ? तथ्य सत्य बाहिर ल्याउँछौँ ।’

‘संसद विघटन गर्ने प्रतिगमनका मतियारहरूलाई हटाउनुपर्छ’, अध्यक्ष केसीले भने, ‘हामीले खास्टोले छोपेर बिरालोलाई राख्दैनौँ । म्याउ गरिहाल्छ ।’

‘नेकपालाई दिएको समर्थन हो । केपीको अनुहार हेरेर समर्थन गरेको होइन । फिर्ता लिइसकेका छौँ’, अध्यक्ष केसीले भने ।

Published : Friday, 2021 April 30, 10:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया