पोखरामा उत्रियो एमालेको मुखुण्डो, यो हो कम्युनिस्टको असली हर्कत

पोखरा । गण्डकी प्रदेशमा कोरोनाभाइरसका संक्रमितहरू दिनदिनै तीब्र रुपमा बढेर उपचारमा आईसीयू पाउन नसकिरहेका बेला सत्तारुढ एमालेका प्रदेश सांसदहरूले निःशुल्क पीसीआर परीक्षण गराउन संसदकै बैठक अबरुद्ध बनाएका छन् ।

एमालेले सांसदहरूलाई निःशुल्क पीसीआर परीक्षण र कोरोनाविरुद्धको भ्याक्सिन माग गरेर मंगलबार पोखरामा गण्डकी प्रदेशको संसद बैठकनै अबरुद्ध गरेपछि कम्युनिस्टको असल अनुहार बाहिरिएको छ ।

संसद अबरुद्ध गरेर एमालेका सांसदहरूले संसद सचिवालय परिषसरमा पीसीआर परीक्षणका लागि नमूना दिएका छन् ।

एमालेका प्रदेश सांसद राजीव पहरीले संसद बैठक शुरु हुनेवित्तिकै सांसदहरूको पीसीआर परीक्षणको माग गरेर सदन अबरुद्ध भएको जानकारी गराएका थिए । उनले सांसदहरूलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउन पनि माग गरेका थिए । एमालेका सांसदहरू आ–आफ्नो सिटमा उभिएर बैठक अबरोध गरेका हुन् ।

एमालेका सांसदहरूको मागअनुसार तत्काल पीसीआर परीक्षणका लागि नमूना संकलनको व्यवस्था गरिएको छ । पीसीआर परीक्षणको बहानामा एमालेले कम्युनिस्ट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कुर्सीको आयु केही घण्टाका लागि बढाइदिएको छ ।

एमालेका सांसदहरूको मागअनुसार सांसदहरूको पीसीआर परीक्षण निःशुल्क गरिएको छ । सांसदहरूको परीक्षणको शुल्क सरकारले तिरेको छ ।

निःशुल्क पीसीआर परीक्षणका लागि नमूना दिएपछि पहरीले नमूना दिँदै गरेको तस्वीर फेसबुकमा राखेर खुसी व्यक्त गरेका छन् ।

एमालेका सांसद पहरीले पीसीआर परीक्षणका लागि नमूना दिँदै गरेको तस्वीर फेसबुकमा राखेर लेखेका छन्, ‘नेकपा (एमाले) संसदीय दलको तर्फबाट सबै माननीयहरूको पीसीआर टेष्ट गरिसके पछि मात्रै सदन चलाउनु पर्छ भनेर राखिएको मागअनुसार प्रदेश सभामा पीसीआरको स्वाब संकलन कार्य शुरु भएको छ ।’

‘आखिरीमा सहि बिषयबस्तु उठ्यान गरिसकेपछि जतिसुकै बहानाबाजी र नौटकी गरे पनि त्यसलाई स्वीकार नगरि धरै हुँदैन ।’

‘हाम्रो उदेश्य सदन निर्बिबाद रुपमा सञ्चालन होस् भन्ने नै हो’, एमालेका सांसद पहरीले लेखेका छन् ।

एमालेको तर्फबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङविरुद्ध कांग्रेससहितका दलहरूले पेश गरेको अविश्वासको प्रस्तावमा छलफल चलिरहेको बेला एमालेका सांसद पहरीले सांसदहरूलाई पीसीआर टेष्टको माग गरेर संसदनै अबरुद्ध गराएका छन् ।

सत्तारुढ दलबाटै संसद अबरोध गरेर एमाले र कम्युनिस्टहरूले आफ्नो औकात देखाएका छन् । पीसीआर टेष्ट संसदको बैठक शुरु हुनुभन्दा अगाडि वा पछाडि गरेको भए पनि हुने थियो ।

आफ्नो प्रदेश सरकार बचाउन सकिन्छ कि भनेर एमालेका सांसदहरूले बैठक अबरोध गरेर चलखेल गर्ने प्रयास गरेका छन् । उनीहरूको षड्यन्त्र असफल हुने पक्का रहेको कांग्रेसको भनाइ छ ।

जनताले पीसीआर टेष्ट सहज रुपमा पाएका छैनन् । उपचार पनि पाएका छैनन् । त्यो विषयमा एमालेका सांसदहरूले बोलेनन् । तर, सांसदहरूको पीसीआर टेष्टको बहानामा बखेडा गरेर नाटक देखाएको भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको छ ।

Published : Tuesday, 2021 April 27, 10:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया