एमालेले जनतालाई होइन सांसदलाई भ्याक्सिन र पीसीआरको माग गरेर संसद अबरोध, कांग्रेस दिक्क

पोखरा । जनताले पीसीआर परीक्षण सहज रुपमा नपाइरहेका बेला सत्तारुढ एमालेका सांसदहरूले आफूहरूको पीसीआर परीक्षण माग गरेर गण्डकी प्रदेश सभाको बैठक अबरोध गरेका छन् ।

गण्डकी प्रदेशका सबै जनताको पीसीआर परीक्षण गर्नुपर्ने माग गर्नुपर्नेमा एमालेका सांसदहरूले सांसदहरूको मात्रै पीसीआर परीक्षण गर्न माग गरेर बैठक अबरुद्ध बनाएका हुन् ।

आफ्नो पार्टीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वाको प्रस्ताव पारित हुने निश्चित सरह भएपछि एमालेका सांसदहरूले पीसीआर परीक्षणको बखेडा निकालेर गण्डकी प्रदेशको बैठक अबरोध गरेका छन् ।

प्रदेश सभाको विशेष अधिवेशनको सुरूआतमै सत्तारूढ एमालेका सांसदहरूले बैठकमा उठेर संसद अवरूद्ध पारेका हुन् ।

संसदमा सोमबारदेखि सरकारविरूद्ध आएको अविश्वासको प्रस्तावमाथि छलफल चलिरहेको छ ।

एमाले सांसद राजिव पहारीले सबै सांसदको पीसीआर परीक्षण नगरी सांसद चल्न नसक्नेभन्दै बैठक अबरोध गरेका हुन् ।

कोरोना भाइरसले सांसदलाई पनि नछाड्ने भन्दै एमालेका सांसद पहरीले संक्रमणकै कारण कोही सांसद र कर्मचारीको मृत्यु भएमा जिम्मेवारी कस्ले लिने भनेर प्रश्न गरेका थिए ।

उनले प्रदेश सभाका आधा सांसदहरूले कोरोना भ्याक्सिनको दोस्रो डोज नलिएको भन्दै सबै सांसदले दोस्रो डोज लिनुपर्ने र पीसीआर परीक्षण गर्नुपर्ने माग गरेका छन् ।

सोमबार नै एमाले संसदीय दलका मुख्य सचेतक मायानाथ अधिकारीले सभामुखलाई सबै सांसदको कोरोना परीक्षण गर्न ध्यानाकर्षण गराए पनि अस्वीकार गरेको दाबी गरेका छन् ।

सभामुख अधिकारीले सर्वसम्मत बैठक बोलाएको भन्दै सांसदलाई बस्न पटक–पटक आग्रह गरेका थिए ।

एमाले सांसदहरू बस्न नमानेपछि सभामुखले सत्ता पक्षकै सांसदले सदन अवरोध गरेको भन्दै बैठक २० मिनेटका लागि स्थगित गराएका छन् ।

प्रदेशसभामा एमालेको तर्फबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरूङ नेतृत्वको सरकारविरूद्ध विपक्षी दलहरू कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पेश गरेको अविश्वास प्रस्तावमाथि छलफल भइरहेको छ ।

मुख्यमन्त्री गुरूङको सरकार टिकाउन पीसीआर परीक्षण र कोरोनाविरुद्धको भ्याक्सिनको माग गरेर सत्तारूढ एमालेका सांसदले सदन अवरोध गरेको आरोप विपक्षी दलका सांसदहरूले लगाएका छन् ।

Published : Tuesday, 2021 April 27, 4:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया