बालिकाले सातो लिएका कम्युनिस्ट मुख्यमन्त्री राईको चियापानमा अर्को विवादित हर्कत

काठमाडौं । बालिका खड्काले यौन दुरव्यवहारको आरोप लगाउँदै आएकी प्रदेश १ का कम्युनिस्ट मुख्यमन्त्री शेरधन राई पुनः विवादमा परेका छन् ।

एमालेको सार्वजनिक कार्यक्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गरेर मुख्यमन्त्री राई विवादमा परेका हुन् । कार्यक्रममा पत्नी जाङ्ग्मु शेर्पासहित मञ्चमा देखिएका राईले मास्क लगाएका छैनन् । उनीसँग मञ्चमा बसेका १–२ जनाले मात्रै मास्क लगाएका छन् ।

राज्य व्यवस्था चलाउने र कानून कार्यान्वयन गर्ने व्यक्तिले नै मास्क नलगाएपछि राईको आलोचना भएको हो ।

कम्युनिस्ट नेता भएर पनि आफ्नो विवाहका बेला महँगो खर्च गरेर तामझामका साथ काठमाडौंमा विवाह गरेपछि राईको विरोध भएको थियो । राईले राजर्षी ठाँटमा विवाह गरेका थिए ।

मुख्यमन्त्री राई ससुराली जाँदा हेलिकप्टर चार्टर गरेर गएको भन्दै आलोचना समेत भएको थियो ।

प्रदेश १ का कम्युनिस्ट मुख्यमन्त्री राईका पछिल्ला गतिविधिहरू राजाको जस्तै रहेको भन्दै आलोचना हुने गरेको छ । राजाले जस्तै राजकीय ठाँट र शैलीमा राईले हर्कत गरेको आरोप छ ।

मुख्यमन्त्री राईलाई नयाँ छोटे राजाको संज्ञा दिने गरिएको छ । कम्युनिस्ट नेता भएर पनि किन कम्युनिस्टको जस्तो व्यवहार र शैली छैन भनेर उनकै पार्टी एमालेका कार्यकर्ताहरूको प्रश्न छ ।

मुख्यमन्त्री राईमा कम्युनिष्ट पार्टीका नेतामा हुनुपर्ने कुनै पनि गुण र सिद्धान्त छैन भनेर एमालेभित्र चर्चा हुन थालेको छ ।

नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा कम्युनिस्ट मुख्यमन्त्री राईकी श्रीमती जाङ्ग्मु शेर्पालाई पहिलो लहरमै अतिथि बनाएर राखिएपछि एमालेका कार्यकर्ताले पार्टीमा उनको हैसियतमाथि प्रश्न उठाएका छन् ।

राई मुख्यमन्त्री भएको प्रदेश १ मा अझै पनि दुई छाक टार्न धौधौ पर्ने अवस्थाबाट बाँचिरहेकाहरू धेरै छन् ।

शोषित पीडित सर्वहारा जनताको मुक्तिको लागि कम्युनिष्ट आन्दोलनमा होमिएका राईले काठमाडौंको महँगो मानिने एलिस फुडल्याण्डमा विवाहको भव्य रिसेप्सन पार्टी दिँदा कम्युनिष्ट सिद्धान्त कता पन्छियो त्यो उनलाई नै थाहा होला । देख्नेले चैं निधार खुम्च्याए ।

भोजपुर–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राईकी श्रीमती जाङ्ग्मु शेर्पालाई पहिलो लहरमै अतिथि बनाएर राखिएपछि एमालेका कार्यकर्ताले पार्टीमा उनको हैसियतमाथि प्रश्न उठाएका छन् । कार्यक्रममा राई दम्पत्ति मास्कबिना नै मञ्चमा बसेका छन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने निर्णय गरेको छ । ओली सरकारको निर्णयलाई मुख्यमन्त्री राई दम्पत्तिले बेवास्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीका विश्वासपात्रसमेत रहेका मुख्यमन्त्री राई त्यत्रो भीडभाडको कार्यक्रममा प्रमुख अतिथि बनेर गएपछि ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने नेपाली उखानलाई सम्झाइदिएको छ ।

मुख्यमन्त्री राईले कोभिड प्रोटोकल मिचेर विराटनगरमा होली विशेष कार्यक्रममा सहभागी भएपछि चौतर्फी आलोचना भएको थियो ।

ठूलाबडा, सत्ता र शक्तिमा हुँदा जे गरे पनि हुने भएपछि हिजोका राजा र आजका जनप्रतिनिधिबीच के फरक भयो र भन्ने प्रश्न उठ्नु अस्वभाविक हो र ?

ओलीले पनि वैशाख ११ गते पुनःनिर्माण हुँदै गरेको अपुरो धराहरालाई स्वास्थ्य मापदण्ड उल्लंघन गरेर उद्घाटन गरेका छन् । स्वास्थ्य मापदण्ड उल्लंघन गर्नेमा ओली पहिलो नम्बरमा पर्छन् भन्ने आरोप छ ।

Published : Monday, 2021 April 26, 11:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया