टीकापुरमा कांग्रेसको कार्यालयमा तोडफोड

धनगढी । नेपाली कांग्रेस टीकापुर नगर समिति कैलालीको पार्टी कार्यालयमा तोडफोड भएको छ ।

शनिबार कांग्रेस टीकापुर नगर कार्यसमितिको बैठक बसीरहेका बेला एक समूहले बैठकको निर्णय पुस्तिका च्यातेर कार्यालयमै तोडफोड गरेको हो । क्रियाशील सदस्यता वितरणका विषयमा छलफल भइरहेका बेला असन्तुष्ट समूहले तोडफोड गरेको थियो ।

कैलाली कांग्रेसले विज्ञप्ति जारी गरे घटनाको विरोध गर्दै अनुशासनहीन कार्य गर्नेहरूलाई कारबाहीको चेतावनी दिएको छ ।

घटनापछि कांग्रेस टीकापुर नगर समितिले घटनामा संलग्न नगर समिती सदस्य समेत रहेका अँगत विष्ट लगायतलाई अनुशासनको कारबाही गर्ने जनाएको छ ।

नगर समिति सभापति धनराज उपाध्यायले विज्ञप्ति जारी गरेर घटनामा संलग्न नगर सदस्य अंगतबहादुर विष्टसहितलाई अनुशासनको कारबाही गरिने बताए ।

घटनाप्रति भर्त्सना गर्दै पार्टीको विधान बमोजिम कारबाही गरिनेछ ।

Published : Sunday, 2021 April 25, 12:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया