लोकतन्त्रमा कम्युनिस्ट अधिनायकवादको सत्यानाश हुन्छः बालकृष्ण खाण

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवम् पूर्वमन्त्री बालकृष्ण खाणले लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् ।

शनिबार नेता खाणले सचिवालयमार्फत स्वदेश र विदेशमा बस्ने सम्पूर्ण दिदीबहिनी एवं दाजुभाइलाई लोकतन्त्र दिवसका अवसरमा शुभकामना दिएका हुन् ।

प्रमुख सचेतक खाणले ऐतिहासिक जनआन्दोलनमार्फत स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी ढंगबाट कार्यन्वयन गर्न सबैले आ–आफ्नो ठाउँबाट उच्च भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

कांग्रेस नेता खाणले कम्युनिस्टहरूले जनताको अधिकारलाई विनास गर्न प्रतिनिधि सभा भङ्ग गर्ने जस्ता असंवैधानिक कार्यहरू गरेको भन्दै चिन्ता जनाएका छन् । उनले न्यायालयले जनताको अधिकारलाई पुनः स्थापित गरिदिएको बताए ।

कांग्रेस नेता खाणले आगामी दिनमा लोकतन्त्रलाई बलियो बनाउन जनतालाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् ।

लोकतन्त्रलाई समाप्त पार्न खोज्ने कम्युनिस्ट अधिनायकवादीहरूको ढिलोचाँडो सत्यानाश हुने खाणले चेतावनी दिएका छन् ।

Published : Saturday, 2021 April 24, 11:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया