एमालेद्वारा महिलाहरूको अपमान, ओलीद्वारा वामदेव पुरस्कृति

काठमाडौं । एमालेले १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक प्रधानमन्त्री समेत रहेका अध्यक्ष खड्गप्रसाद ओलीको नेतृत्वमा १९ सदस्यीय स्थायी कमिटी गठन गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्थायी कमिटीमा अध्यक्ष ओलीका साथै महासचिव ईश्वर पोखरेल तथा सदस्यहरू वामदेव गौतम, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, टोपबहादुर रायमाझी, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, मणिचन्द्र थापा, किरण गुरुङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, रघुबीर महासेठ, केशव बडाल र डा. पुष्पराज कँडेल रहको छन् ।

एमालेले बनाएको स्थायी कमिटीमा महिलालाई राखेको छैन । कम्युनिस्टहरूले महिलालाई अवसर दिँदैनन् भन्ने प्रमाण ओली र उनको दल एमालेले दिएको छ ।

ओलीलाई बिहीबार राति डिनरसहित वामदेव गौतमले भेटवार्ता गरेका थिए । डिनरसहितको रात्रिकालीन भेटपछि ओलीले गौतमलाई स्थायी कमिटी सदस्य बनाएर पुरस्कृति गरेका छन् ।

एमालेले महाधिवेशन आयोजक कमिटीका सदस्यहरूको कार्यविभाजन समेत गरेको छ ।

बैठकले कर्णाली प्रदेशसभा संसदीय दलको निर्णयको अवज्ञा गर्दै फ्लोर क्रस गरेर अनुशासनको गम्भीर उल्लंघन गर्ने कर्णाली प्रदेशसभा सदस्यहरूलाई कारबाही गरेको छ ।

प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेशसभा सदस्यबाट हटाउने र सो विषयमा प्रदेश सभालाई सूचित गर्ने निर्णय एमालेले गरेको छ ।

एमालेले वैशाख ६ गतेको बैठकमा अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिवद्वारा प्रस्तुत संगठनात्मक प्रतिवेदनलाई सदस्यहरूबाट प्राप्त सुझावहरू समेत ग्रहण गर्दै पारित गरेको छ ।

Published : Friday, 2021 April 23, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया