राप्रपाका केन्द्रीय सदस्य कँडेल र मेगा बैंकका पूर्व डाइरेक्टर थापा कांग्रेसमा प्रवेश

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तेजनारायण कँडेललाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा आयोजित कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य कँडेल कांग्रेसमा प्रवेश गरेका हुन् कँडेललाई सभापति देउवाले पार्टीमा स्वागत गरेको सह–महामन्त्री सुनिलबहादुर थापाले जानकारी दिए । सह–महामन्त्री थापाको विशेष पहलमा राप्रपाका लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

सभापति देउवाले कांग्रेसको संगठन निर्माणमा लाग्न नवप्रवेशीहरूलाई निर्देशन दिएका छन् । नवप्रवेशीहरूको मूल्यांकन गरेर कांग्रेसले न्याय गर्ने आश्वासन दिएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा सह–महामन्त्री थापा, केन्द्रीय सदस्य विष्णुविक्रम थापालगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

बाँके जिल्ला निवासी राप्रपा केन्द्रीय सदस्य कँडेलसँगै सिन्धुपाल्चोक जिल्लाका उद्योगपति एवम् मेगा बैंकका पूर्व डाईरेक्टर शम्भुविक्रम थापासहितका राप्रपाका नेता कार्यकर्ताहरू पनि कांग्रेसमा प्रवेश गरेको केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिएका छन् ।

कम्युनिस्टहरू असफल भएपछि देश अस्थिरतातिर जान थालेपछि जनताको कांग्रेसप्रति भरोसा बढ्न थालेको छ । राप्रपा, एमाले, माओवादी, जसपासहितका दलहरू परित्याग गरेर कांग्रेसमा प्रवेश गर्ने लहरनै चलेको छ ।

Published : Thursday, 2021 April 22, 7:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया