नेपालले ओलीलाई झुकाइ छाडे

काठमाडौं । एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

काठमाडौंको नागपोखरीस्थित पाँचतारे होटेल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको हो । एमाले विभाजनको नजिक पुगेका बेला ओलीले नेपाललाई फोन गरेर भेट्न बोलाएको स्रोतले जनाएको छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने थाहा पाएपछि ओलीले प्रधानमन्त्रीको कुर्सी बनाउन लागेका छन् ।

भेटवार्तामा ओलीले पार्टीमा अनुशासनमा रहेर काम गर्न नेपाललाई निर्देशन दिएका छन् । ओलीले पार्टीलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न नेपालसँग अनुरोध गरेको सम्वाददाताहरूसँग ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

कर्णाली प्रदेशको सरकार ढलेपछि ओलीले नेपालसहित उनका सांसदहरूलाई स्पष्टीकरण सोधेका थिए । नेपाल समूह ओलीको स्पष्टीकरणसँग नडराएपछि ओली–नेपालबीच भेटवार्ता भएको छ ।

ओलीले नेपालसहितका केही नेताहरूलाई छ महिनाका लागि निलम्बन गरेका छन् ।

नेपाल समूहले देशभरि समानान्तर संगठन निर्माणसहितका गतिविधि गर्दै आएको छ । नेपाल समूहको गतिविधिबाट ओली समूहलाई तनाब बनाएको छ ।

कांग्रेसका नेताहरूले कम्युनिस्टहरूको भर हुँदैन भने जस्तै एमालेका दुई शीर्ष नेताहरू पुनः मिल्ने तयारीमा जुटेका छन् । ओली–नेपालबीचको भेटका लागि योगेश भट्टराईले प्रयास र चाँजोपाँजो मिलाइदिएका थिए ।

ओली–नेपालबीचको सम्वादले एमालेभित्र राम्रो सन्देश दिने विश्वास एमालेका कार्यकर्ताहरूको छ ।

Published : Thursday, 2021 April 22, 12:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया