युवक संगठनका १९ जना केन्द्रीय पदाधिकारी र सदस्यहरू कांग्रेसमा प्रवेश, देउवाद्वारा स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीयस्तरका युवाहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपाका युवकहरू प्रवेश गरेका हुन् । उनीहरूलाई सभापति देउवाले सदस्यता दिएर पार्टी प्रवेश गराएका छन् ।

राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

सह–महामन्त्री सुनिलबहादुर थापाको पहलमा युवक संगठनका पदाधिकारी र केन्द्रीय सदस्यहरू कांग्रेसमा प्रवेश गरेको केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिए ।

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष मदन घिमिरेका अनुसार १० जिल्लाबाट केन्द्रीय र जिल्लास्तरीय गरि करिब २०० भन्दा बढी युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन् ।

संविधान र परिवर्तन संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्बर्धन गर्न सक्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको धारणा नवप्रवेशीहरूको छ ।

कांग्रेसमा प्रवेश गरेका युवाहरूले राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति प्रतिबद्ध रहँदै संगठन निर्माण र बिस्तारमा सक्रिय रहने प्रतिवद्धता जनाएका छन् ।

राप्रपा परित्याग गरेर कांग्रेस प्रवेश गर्नेहरूमा मोहन सापकोटा, सुदर्शन सिलवाल, रामकुमार शर्मा, दिलकुमार लिम्बु, रामकाजी सुनाम, अनन्त श्रेष्ठ, कान्छामान थिक, रमेश थापा, दानेल तामाङ रहेका छन् ।

त्यसैगरी, अनन्त श्रेष्ठ, कृष्ण खाड्का, अजय केसी, सन्तोष राउत, लक्ष्मणबहादुर राउत, सन्दीप सिलवाल, राजकुमार उप्रेतीलगायत रहेका छन् । युवक संगठन छाड्नेहरू सबै केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरू हुन् ।

Published : Wednesday, 2021 April 21, 8:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया