ओलीले चक्मा खाएको २४ घण्टाभित्रै काठमाडौंमा बबाल मिटिङ

काठमाडौं । कर्णली प्रदेशमा खड्गप्रसाद ओलीलाई चक्मा दिएको अर्को दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

काठमाडौंको कोटेश्वरस्थित एकजना उमाले निकटका व्यवसायी एवम् जिल्लास्तरीय नेताको निवासमा उनीहरूका बीच शनिबार बिहान साढे ९ बजेतिर भेट भएको स्रोतले जनाएको छ । कर्णाली प्रदेशमा एमालेको अविश्वास प्रस्ताव फेल गराएको २४ घण्टाभित्रै दाहाल र नेपालबीच भेटवार्ता भएको हो ।

एमालेका नेता नेपाल झापाबाट सिधै कोटेश्वर आएका थिए । उनीहरूबीच कोटेश्वरको एक व्यापारीको घरमा भेट भएको बताइएको छ ।

शुक्रबार कर्णाली प्रदेश सरकार जोगाउन एमाले नेता नेपालको पक्षका चार सांसदले फ्लोर क्रस गरेका थिए । सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले फ्लोर क्रस गरेका थिए ।

कर्णालीका मुख्यमन्त्रीको पक्षमा २२ मत परेको थियो । जसमा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका ४ जनाले मतदान गरेको थिए ।

कर्णाली प्रदेश सभामा एक मात्र सांसद रहेको राप्रपा भने तटस्थ बसेको थियो । मतदानका क्रममा सांसद देवी ओलीले आफ्नो मत सच्याएकी थिइन् ।

Published : Saturday, 2021 April 17, 4:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया