बालुवाटारमा सेलिब्रेशन चलिरहेका बेला कांग्रेसद्वारा ओलीमाथि अट्याक, प्वाँखहरू झार्न शुरु

काठमाडौं । प्रतिनिधि सभा भङ्ग गरेपछि एक्लिएका कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली निकै कमजोर भएका छन् ।

आफ्नै एमाले पार्टीभित्रैबाट समेत एक्लिएका ओलीलाई कांग्रेसले घेराबन्दी शुरु गरेको छ । कांग्रेसले ओलीका सहयोग गर्ने मुख्यमन्त्रीहरूबाट आक्रमण शुरु गरेको हो ।

ओलीका सहयोगी रहेका मुख्यमन्त्रीहरूलाई कांग्रेसले एकएक गरेर हटाएर ओलीलाई कमजोर बनाएर अन्तिममा प्रधानमन्त्री पदबाट फाल्ने रणनीति बनाएको कांग्रेसका एक नेताले बताएका छन् ।

नयाँ वर्षको पहिलो दिन कांग्रेसले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी (जसपा)सहितका पार्टीहरू मिलेर गण्डकी प्रदेशमा सरकार बनाउने निर्णय गरेपछि ओली जिल परेका छन् ।

ओलीका गतिविधिहरू असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादतिर जान थालेपछि कांग्रेसले बाध्य भएर ओली र ओलीका सहयोगीहरूलाई फाल्ने कदम उठाएको छ ।

ओली समर्थक एमालेका नेता समेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनेछ । गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने पक्का छ । गुरुङलाई बहुमत पुग्नेछैन ।

गुरुङ हट्नेवित्तिकै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्नेछन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा भङ्ग गर्ने निर्णय खारेज गरिदिएपछि ओलीले नैतिकताको आधारमा प्रधानमन्त्री पद छाड्नु पर्ने थियो । छाडेका छैनन् । ओली प्रधानमन्त्री पदमा टाँसिएर बसेका छन् ।

ओलीलाई हटाउन कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझाबुझपूर्ण कदम उठाएका छन् ।

जसका कारण ओली बलियो र नैतिकता भुलेर प्रधानमन्त्री पदमा बसेका छन् उनीहरूलाई नै हटाउन कांग्रेसले नेतृत्व लिएपछि ओली र बालुवाटारको निद खलबलिएको छ ।

ओलीका सबैभन्दा निकटका मुख्यमन्त्रीहरूमध्ये गुरुङ दोस्रो नम्बरमा पर्छन् । पहिलो नम्बरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल छन् । गुरुङपछि पोखरेलको मुख्यमन्त्री पद गुम्ने खतरा बढेर गएको छ ।

त्यसपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पद पनि खतरामा परेको छ ।

कांग्रेसलाई सत्ता र प्रधानमन्त्री पदको लोभी भनेर विगतमा आरोप लगाउँदै आएका ओली आफैले नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा कुर्सीमा किला गाडेर बसेको आरोप कांग्रेसका नेताहरूले लगाएका छन् ।

ओलीले प्रतिनिधि सभा जितेर आउनेवित्तिकै देउवालाई प्रधानमन्त्री पदबाट अपदस्थ गर्ने प्रयास स्वरुप सांसद पदको शपथ नै नलिएर राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पदको शपथ लिएका थिए । कांग्रेसले यो कुरा अहिले पनि उठाउँदै आएको छ ।

अरुलाई नैतिकताको कुरा सिकाउने ओलीभित्र नैतिकता हराएको आरोप लाग्दै आएको छ ।

ओलीले बालुवाटार र शीतल निवासमा नयाँ वर्षको सेलिब्रेशन गरिरहेका बेला कांग्रेसले गण्डकी प्रदेशमा सरकार बनाउन पहल थालेको छ ।

Published : Wednesday, 2021 April 14, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया