देउवाले ओलीविरुद्ध पासा पल्ट्याइदिए, नयाँ वर्ष एमालेलाई कालो वर्ष सावित

काठमाडौं । केपी ओलीको सरकारलाई बिस्थापित गर्ने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सुटुक्क भेटेका छन् ।

काठमाडौंको महाराजगञ्जसिथतप्रमोद राणाको निवासमा मंगलबार देउवाले दाहालसँग भेटवार्ता गरेको उच्च स्रोतले जनाएको छ । भेटमा सत्ता समीकरणका विषयमा छलफल भएको कांग्रेसका एक नेताले बताए ।

भेटवार्ताका विषयमा देउवा र दाहालको निजी सचिवालयले केही भनेको छैन । सो भेटलाई दुबै पक्षले बाहिर ल्याउन चाहेको छैन ।

दाहालसँग भेट गरेपछि कांग्रेस सभापति देउवासँग जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईलाई घरमै बोलाएर भेट गरेका थिए ।

कांग्रेसको नेतृत्वमा सरकार बनाउन केन्द्रीय कार्यसमितिले निर्णय गरेपछि देउवाले बहुमत जुटाउन गृहकार्य गरेका हुन् ।

जसपाको महन्थ ठाकुरका कारण समस्यामा परेका देउवालाई मंगलबारदेखि ग्रिनसिग्नल मिलेको छ । ग्रिनसिग्न पाउनेवित्तिकै देउवाले भेटघाट र वार्ताहरूलाई तिब्र बनाएका छन् ।

ओलीलाई विस्थापित गर्न सत्ताभन्दा बाहिर रहेका दलहरू एकजुट हुने प्रयासमा छन् । महन्थ ठाकुर समूह ओलीतिर निकट भएपछि केही समस्या भएको थियो ।

ठाकुर जसपाभित्र अल्पमतमा परेको सुइको पाएपछि देउवाले ओलीलाई फाल्न गृहकार्य गरेका छन् । जसपाभित्र ठाकुर अल्पमतमा परेका छन् ।

पछिल्लो दुई दिनमा उपेन्द्र यादव र बाबुराम भट्टराईले जसपाको कमाण्डिङ आफ्नो हातमा लिएका छन् । यादव र भट्टराईले असन्तुष्ट सांसद र प्रभाशाली नेताहरूलाई कन्भिन्स गरेका छन् ।

आफूविरुद्ध पासा पल्टिने भएपछि प्रधानमन्त्री ओलीलाई डराएका छन् । नयाँ वर्ष शुरु हुनुभन्दा केही घण्टा अगाडि देउवाले पासा पल्टाइदिएका छन् । देउवाले ठोस दलहरूका बीच ठोस सहमति नहुँदासम्म बाहिर मुख नखोल्ने जनाइएको छ ।

ओलीको अधिनायकवादी र निरंकुश शासन सत्तालाई जरैदेखि फाल्न माग र दवाव बढिरहेका बेला देउवाको गतिविधिले बालुवाटारलाई ठूलो तनाब भएको छ ।

नयाँ वर्ष शुरु हुनुभन्दा केही घण्टा अगाडि देउवाले गरेको भेटवार्ता र घेटघाटले ओली र एमालेका लागि नयाँ वर्ष कालो वर्ष सावित हुन पुगेको चर्चा भएको छ ।

देउवाले सबै दलहरूलाई मिएर राष्ट्रिय सहमतिको चुनावी सरकार बनाउन पहल गर्नेछन् । देउवाको यो प्रस्तावमा दाहाल र यादव–भट्टराईसहितका साना दलहरू सहमत भएको चर्चा छ ।

Published : Wednesday, 2021 April 14, 11:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया