जसपाले ठूला कुरा गरे ओली कांग्रेससँग मिल्ने ! उपेन्द्रसँग ७ जना मात्रै सांसद

काठमाडौं । एमालेका नेता महेश बस्नेतले एमाले र कांग्रेस मिलेर चुनावी सरकार बन्न सक्ने घोषणा गरेका छन् ।

जनता समाजवादी पार्टी (जसाप)भित्र सरकारका विषयमा विवाद भएकाले कांग्रेससँग मिलेर चुनावी सरकार बनाउन सकिने बताएका हुन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग सोमबार बिहान कुरा गर्दै बस्नेतले जसपाका माग पूरा गर्न सरकार तयार रहेको बताए । उनले जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले ओली सरकारमा जान रुचि नदेखाएको बताए ।

उपेन्द्र यादवसँग जसपामा ५–७ जनाभन्दा धेरै सांसद नरहेको एमालेका नेता बस्नेतले बताए । यादवसँग केन्द्रीय सदस्यहरू पनि निकै कम रहेको उनले दाबी गरे ।

जसपा सरकारमा सहभागी भएन भने कांग्रेससँग मिलेर चुनावी सरकार बनाउन सकिने सम्भावना निकै रहेको बस्नेतले बताए ।

एमालेभित्रको विवादका विषयमा नेता बस्नेतले माधव नेपाल समूहलाई अनुशासनमा बस्न सचेत गराएका छन् । उनले अनुशासन उल्लंघन गर्नेहरूलाई कारबाही गर्ने बताएका छन् ।

Published : Monday, 2021 April 12, 11:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया