कांग्रेस नेता बस्नेतले ओलीका नेता बडालको सातो लिए, झण्डै भेटे …

काठमाडौं । सत्तारुढ एमालेका नेता केशव बडालले ‘फटाहा’ भनेपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सातो लिएका छन् ।

आइतबार राति ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा एमाले नेता बडालले ‘फटाहा’ भनेर अपमान गरेपछि कांग्रेस नेता बस्नेतले ‘कम्युनिस्ट चोर हो’ भनेर सातो लिएका हुन् । नेता बस्नेतले बडाललाई ‘तपाईले आदेश दिने होइन’ भनेर हप्पाएका छन् ।

केपी ओली निकटको एमालेका नेता बडालले कांग्रेस नेता बस्नेतले बोलिरहेका बेला बीचमै कुरा काटेर ‘फटाहा’ भनेपछि स्थिति तनावपूर्ण बनेको थियो । बडालको हर्कतको बस्नेतले प्रतिवाद गर्दै सातो लिएपछि बडाल कालोनिलो बनेका थिए । कार्यक्रमभरि बडालले बस्नेतको तर्कको प्रतिवाद गर्न सकेका थिएनन् ।

एमालेका नेता बडालले यसअघि पनि कांग्रेस नेता मीनबहादुर विश्वकर्मासँगको अन्तर्वार्तामा यस्तै जथाभावी बोलर अपमान गरेका थिए । पार्टीभित्र पनि एमालेका नेता बडालले यस्तै गर्दा धेरैले नजिक राख्न चाहँदैनन् ।

कांग्रेस नेता बस्नेतले वाइडबडी जहाज किनेर ल्याएर कम्युनिस्टले चार अर्ब खाएको भनेपछि बडालको फटाहा शब्द भनेका थिए ।
एमाले नेता बडालले भनेका छन्, ‘फटाहा कुरा गर्दै हुनुहुन्छ के । त्यो कुरा हुँदै होइन ।’

जवाफमा नेता बस्नेतले ‘तपाई चोर कुरा गर्दै हुनुभएको छ । बडीकुरा गर्ने, फटाहा भन्ने ! सम्हालेर बोल्नुस् । चुप । कम्युनिस्ट भनेका चोर हो ।’

नेता बस्नेतले बालुवाटार जग्गा काण्डमा ओलीले प्रतिशोधपूर्ण काम गरेको आरोप पनि लगाएका छन् । ओलीले शुरुमा माधव नेपाललाई बचाएको बताएका बस्न्ेतले ओलीको विरोधी भएपछि नेपालको नाम बल्ल आउन थालेको बताए ।

नेता बस्नेतले एम्नेस्टी ईन्टरनेशनलले प्रधानमन्त्री ओलीलाई भ्रष्टाचार भनेको पनि बताएका छन् ।

संसदको सार्वजनिक लेखा समितिमा ओलीको बहुमत रहेको समितिले समेत वाइडबडी जहाज खरिदमा ४ अर्ब भ्रष्टाचार भएको ठहर गरेर अख्तियारलाई कारबाही गर्न भन्दा ओलीले आयोग बनाएर भ्रष्टलाई बचाएको बस्नेतले बताए ।

‘अख्तियारविरुद्ध आयोग बनाउने अधिकार ओलीलाई कसले दिएको छ ?’, कांग्रेस नेता बस्नेतले प्रश्न गरेका छन् ।

कांग्रेस नेता बस्नेतले बालुवाटारको जग्गाको लालपुर्जा बोकेर बसेको ओलीको मान्छे विष्णु पौडेललाई अर्थमन्त्री बनाएर ओलीले नै पुरस्कृति गरेको बताएका छन् । जग्गा फिर्ता गर्नेवित्तिकै ओलीले विष्णु पौडेललाई पुरस्कृत गरेको उनले बताए ।

ओली र कम्युनिस्ट सरकारको एक–एक भ्रष्टाचार काण्डको भण्डाफोर गरिदिएका कांग्रेस नेता बस्नेतले अख्तियारलाई काम गर्न नदिएर ओलीले आयोग बनाएर वाइडबडीका दोषीलाई बचाएको बताए ।

कोभिडका बेला स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यमन्त्रीले गरेको भ्रष्टाचारको पनि ओलीले बचाउन गरेको भनेर बस्नेतले आपत्ति जनाएका छन् । उनले भने, ‘ओलीले ओम्नि र स्वास्थ्य मन्त्रीले भ्रष्टाचार नै गर्नुभएको छैनेर हिँड्नुभएको छ । १३ रुपियाँमा मैले किनेर बाँडेको मास्क कम्युनिस्ट सरकारले ५२ रुपियाँमा किनेर बाँडियो ।’

ओलीले आफ्नै घरमा छोरासरह पालेर मानेर राखेका तत्कालीन सञ्चारमन्त्रीलाई ७० करोडको टेप रेकर्ड काण्ड बाहिरिँदा पनि ओलीले बचाएको कांग्रेस नेता बस्नेतले आरोप लगाएका छन् ।

नेता बस्नेतले ओलीले अरुण तेस्रोलाई आफ्नो उपलब्धिमा राखेकोमा आपत्ति जनाएका छन् । २० वर्ष अगाडि गिरिजाप्रसाद कोइरालाले अरुण तेस्रो आयोजना ल्याउन सहमति गर्न खोज्दा एमालेले पत्रनै लेखेर दाताहरू भाँडेको भन्दै कांग्रेस नेता बस्नेतले अहिले आएर त्यही आयोजनालाई आफ्नो उपलब्धीमा लाजै नमानेर राखेको बताए ।

कांग्रेस नेता बस्नेतले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा छापेपनि ओलीले नयाँ नक्सा छापिएको किताव विद्यार्थीलाई पढ्न नदिएर रोकेर राखेको बताएका छन् । बस्नेतले भारतसँग कुटनीतिक पहल गरेर त्यो जमीन फिर्ता लिन ओलीले नसकेको बताए ।

कांग्रेसका संस्थापक वीपी कोइरालाले चीनसँग अडान राखेर ल्याएको सगरमाथामा अहिले आएर नापेर उचाइँ बढाएको भनेर उपलब्धीमा राखेकोमा नेता बस्नेतले एमाले र ओली सरकारको चालबाजी मात्रै भएको बताए ।

कांग्रेस नेता बस्नेतले विधि र प्रक्रियाअनुसार हुने निर्वाचनमा कांग्रेस सहभागी हुने बताए । उनले निर्वाचनबाट कांग्रेस नभाग्ने बताए ।

कम्युनिस्टहरू झुठको खेती गर्न महिर रहेको भन्दै नेता बस्नेतले ओली सरकारको भ्रष्टाचारको भण्डाफोर गरिदिएका छन् ।

उनले संसद चलाउन नसकेको भनेर सभामुख अग्नि सापकोटालाई हुति नभएको भनेर आलोचना गरेका छन् । ओली र सापकोटाले संसदलाई चलाउन नसकेको उनले बताए ।

ओलीले आफ्नै पार्टी र सरकार मिलाउन नसकेर संसद भङ्ग गरेको उनले आरोप लगाए । बस्नेतले प्रधानमन्त्री ओलीले दुईतिहाइको पार्टी मिलाउन नसकेर संसद र सरकार विघटन गर्नुपर्ने अवस्था आएको भन्दै ओलीको आलोचना गरे । ओलीको असंवैधानिक कदम पनि सर्वोच्चले उल्ट्याइदिएको उनले बताए ।

नेता बस्नेतले देश संकटमा परेको भन्दै कांग्रेसले अभिभावकीय भूमिका खेल्ने बताएका छन् ।

सरकार बनाउन कांग्रेससँग संख्या नरहेको बताएका उनले अविश्वासको प्रस्ताव ल्याउनुपर्ने माओवादीका नेताहरूनै चुपचाप लागेर बसेको बताएका छन् । ‘कम्युनिस्टको चरित्र पनि बुझिनसक्नुको छ’, कांग्रेस नेता बस्नेतले भनेका छन् ।

ओलीलाई अलोकतान्त्रिक भनेर सडकमा उत्रिएका जनता समाजवादी पार्टी (जसपा) ओली सरकारमा जान खोजेको भन्दै नेता बस्नेत आश्चर्यमा परेका छन् ।

ओलीका कारण मुलुक अधिनायकवादतिर गएको बस्नेतले बताए । संसद भङ्ग गरेका ओलीमा नैतिकता भन्ने कुरै नरहेको उनले बताए ।

Published : Monday, 2021 April 12, 8:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया