‘अनुदारवादी’ नेता महन्थ ठाकुरका कारण भाँडभैलो, कांग्रेसको अनुरोधलाई कमजोरी ठाने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने विषयमा रुचि देखिएको छैन ।

राजधानीमा आइतबार बसेको जसपाका पदाधिकारीको बैठकमा नयाँ सरकारका विषयमा छलफल भएको हो । बैठकमा दुई थरी धारणा आएको नेताहरूले बताएका छन् ।

महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच नयाँ सरकारका विषयमा मत बाझिएपछि जसपाले कुनै पनि निर्णय गर्न सकेन । जसपा सत्तासमीकरणका विषयमा निर्णय गर्नेवित्तिकै विभाजन हुने डरले आइतबारको बैठकबाट निर्णय गर्न नसकेको एक नेताले बताए ।

महन्थ ठाकुर निकटका नेताहरूले प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग मिलेर सरकारमा जानुपर्ने जोड दिएको स्रोतले जनाएको छ । ठाकुर अनुदारवादी र जातीय कुरा गर्ने नेताको रुपमा परिचित रहेको आरोप लाग्दै आएको छ । ठाकुरले धेरै नै जातीय कुरा गर्ने गर्छन् ।

उपेन्द्र यादव र बाबुराम भट्टराई निकटका नेताहरू भने ओलीसँग मिलेर जान नसकिने बरु नेपाली कांग्रेससँग सत्ता समीकरण गर्न सकिने धारणा राखेका छन् ।

महन्थ ठाकुर निकटका नेताहरूले वार्ता टोलीनै गठन गरेर मागका विषयमा ओली सरकारसँग वार्ता भएको सन्दर्भमा कांग्रेससँग सरकार बनाउने कुरा उचित नहुने बताएका छन् ।

जसपाका नेताहरूले अब बन्ने नयाँ सरकारमा नेतृत्वको दाबी गर्ने विषयमा पनि छलफल गरेका छन् । उनीहरूले अबको प्रधानमन्त्री जसपाले पाउनुपर्ने गरेर छलफल अगाडि बढाउने सहमति कायम गरेका छन् ।

बैठकमा शुक्रवार कांग्रेससँग भएको वार्ता र नयाँ सरकार कांग्रेसको नेतृत्वमा बनाउने भनेर आएको प्रस्तावमा छलफल भएको छ । कांग्रेसले जसपासँग ओली सरकारलाई बिस्थापित गरेर कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन समर्थन माग गरेको थियो ।

महन्थ ठाकुरले लक्ष्मणलाल कर्णको संयोजकत्वमा वार्ता टोलीनै बनाएका छन् । सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा वार्ता टोली रहेको छ ।

Published : Sunday, 2021 April 11, 9:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया