मुलुकको राजनीतिमा नयाँ डेभलपमेन्ट, देउवाले बोलाए अचानक बैठक

काठमाडौं । मुलुकको पछिल्लो अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरूको बैठक बोलाएका छन् ।

कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने छलफलहरू चलिरहेका बेला देउवाले अचानक बैठक बोलाएका छन । नयाँ डेभलपमेन्ट भएका कारण पदाधिकारीको बैठक बोलाएको चर्चा भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्न लागेको बताए ।

बैठकमा १४औं महाधिवेशनलगायत विषयमा छलफल हुनेछ । सोमबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।

केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक राखिएको छ । कांग्रेसले महाधिवेशन भदौ ७ देखि गर्ने कार्यतालिका बनाएको छ ।

७१ जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम भइरहेका छन् । बाँकी जिल्लामा पनि क्रियाशीलको काम सुरू गर्ने तयारीमा कांग्रेस छ ।

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने गृहकार्य पनि थालेको छ । चैत २० को केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीबाट केपी ओलीको राजीनामा माग गर्ने र सरकार बनाउन अग्रसरता देखाउने निर्णय गरेको थियो ।

Published : Sunday, 2021 April 11, 10:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया