झापामा नवप्रवेशीहरूलाई कांग्रेस नेतृ प्रसाइँद्वारा स्वागत, पार्टी कार्यालय उद्घाटन

बुद्धशान्ति । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाइँले झापाको बुद्धशान्ति– २ मा पार्टी कार्यालयको उद्घाटन गरेकी छिन् ।

शनिबार नेपाली कांग्रेस बुद्धशान्ति गाउँपालिकाको वडा नं. २ को कार्यालय उद्घाटन गरेकी हुन् । उनले कांग्रेसलाई बलियो बनाएर अबको निर्वाचनमा जितेर एकलौटी सरकार बनाउनुपर्ने बताइन् ।

कम्युनिस्टहरूको ज्यादती बढ्ने क्रम नरोकिएको भन्दै नेतृ प्रसाइँले जनताले दिएको मतको कम्युनिस्टले दुरुपयोग गरेको बताइन् ।

कार्यक्रममा एमाले, माओवादी, राप्रपासहित विभिन्न पार्टी परित्याग गरेर आएका नवप्रवेशीहरूलाई नेतृ प्रसाइँले कांग्रेसको सदस्यता दिएकी छिन् ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति उद्वव थापालगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2021 April 10, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया