संसद पुनःस्थापना भएपनि निकास आएन, देश कमजोर भयोः सह–महामन्त्री डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले संसदलाई विजनेस विहीन बनाएर मुलुकलाई अन्यौलतातिर लगेको बताएका छन् ।

जेसीआईको राष्ट्रिय काउन्सिलर्स एकेडेमी २०२१ लाई राजधानीमा शुक्रबार सम्बोधन गर्दै डा.महतले संसद पुनःस्थापना भए पनि मुलुकले निकास पाउन नसकेको बताए । उनले संसदलाई विजनेस दिन सरकारलाई दवाव दिएका छन् ।

‘संसदको पुनःस्थापना भयो । त्यसले पनि समाधान निकाल्न सकेको छैन’, डा.महतले भने, ‘संसदले विजनेसा पाएको छैन । देश कमजोरको अवस्थामा छ ।’

उनले भने, ‘सधैँ अन्यौलको अवस्थामा रहिरहनुपर्ने छ । परिवर्तन गरेर पनि अर्को अन्यौल रहिरने भयो भने हाम्रो समाजमा समृद्ध समाजको लागि अवसर हुँदा हुँदै पनि गन्तव्यमा पुग्न सकेका छैनौँ ।’

सह–महामन्त्री डा.महतले विधि र विधान विपरित नेतृत्व हिँड्न थालेपछि विकृति र विग्रह ल्याउने बताएका छन् । उनले सरकारको अहिलेको नेतृत्वमा विधि र विधान विपरितका कार्य गर्ने गतिविधि भएको बताए ।

‘धेरै कुरा जो परिवर्तन भएका छन् त्यसलाई आत्मसात गर्न सकिरहेका छैनन्’, उनले भनेका छन् ।

‘हामी धेरै कुरा गर्छौं । अहिलेका शासकहरू कुरा गर्न विछट्ट सिपालु छन् । कुरा गर्नु एउटा कुरा भयो’, सह–महामन्त्री डा.महतले भने, ‘काम गर्नु अर्को कुरा भयो । गफ गर्नेहरूको परिवारको बेहाल भएको हुन्छ ।’

Published : Friday, 2021 April 9, 5:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया