तराई–पहाड छुट्याउने महन्थको प्रस्ताव बोकेर आए रामचन्द्र ! देउवाले झपारेपछि डराए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराई र पहाडलाई छुट्याउने जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरको प्रस्ताव अस्वीकार गरिदिएका छन् ।

ठाकुरले तराई र पहाडलाई छुट्याएर ‘एक मधेस एक प्रदेश’को जातीय राज्यको पक्षमा माग राख्दै आएका छन् । ठाकुरको यो मागलाई कांग्रेसले शुरुदेखिनै अस्वकार गर्दै आएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले ठाकुरसँग ललितपुरमा केही दिन अगाडि भेट गरेर आएका थिए । पौडेलले देउवालाई फोन गरेर ठाकुरसँग नयाँ सरकार बनानेबारेमा वार्ता गर्न आग्रह गरेका थिए ।

देउवाले ठाकुरको तराई र महाडलाई छुट्याउने प्रस्ताव आफूले स्वीकार गर्ने पक्षमा नरहेको जवाफ दिएको पौडेलले एभिन्युज टेलिभिजनसँगको आन्तर्वार्तामा जानकारी दिएका छन् ।

‘महन्थ ठाकुरजीको आनाकानी छ भन्ने सुनेर मैले महन्थजीलाई नै भेटे । शेरबहादुरजी जानु भएन । एक्लै भए पनि मैले गर्नुप¥यो भनेर गएको हुँ । सभापति जानुपर्ने थियो’, पौडेलले अन्तर्वार्ताका क्रममा भनेका छन् ।

‘केपीलाई हटाउने कुरामा महन्थजी नेगेटिभ हुनुहुन्न थियो’, पौडेलले भनेका छन्, ‘ठाकुरजी अविश्वासको प्रस्तावको विपक्षमा हुनुहुन्न थियो । उहाँले राखेका सार्तहरू अब्जसनेबल थिएनन् । ठाकुरजीले कुनै पनि असजिलो सर्त देखाउनु भएन ।’

‘तपाई (महन्थ ठाकुर) र मेरो सभापति कुरा गर्नुस् । म सभापतिलाई कुरा गर्न भन्छु । तपाईहरू मिलेर निकास दिनुप¥यो’, पौडेलले भनेका छन् ।

पौडेलले भने, ‘ठाकुरसँग निस्किएर सभापतिजीलाई फोन पनि गरे । सभापतिजी महन्थजीको असजिलो कुरा त केही पनि छैन । तपाईले उहाँसँग कुरा गरेपछि निकास आइहाल्छ । तपाई, महन्थजी र प्रचण्डजी बसेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाऔँ भन्नेवित्तिकै तत्काल यो अगाडि बढ्छ, मैले भने । सभापतिजीले त्यहाँनेर अलिकति अफ्ठ्यारो कुरा गर्नुभयो । सभापतिजीले महन्थजीले तराई, मधेश, पहाड छुट्याउन संविधान संशोधनको कुरा गर्छन् । तपाई पाल्पामा गएर बोल्न सक्नु हुन्छ ? पहाड, मधेस छुट्याउने भनेर ? भन्नुभयो ।’

‘मैले भने महन्थजीले त्यो प्रस्ताव त राखेको छैनन् त ! त्यो प्रस्ताव त उहाँको छैन’, पौडेलले देउवासँगको टेलिफोनमा भएको सम्वादबारे भनेका छन्, ‘त्यो कुरा तपाई आफै अड्कलेर किन बनाउँदै हुनुहुन्छ । तपाईले गएर भेट्नुस् भनेर सभापतिजीलाई प्रष्ट भनेको छु ।’

अन्तर्वार्ताका क्रममा पौडेलले ओलीले पूरा गर्ने मागलाई कांग्रेसले पूरा गर्नेभन्दै महन्थ ठाकुरको संविधान संशोधन गर्न सकिने बताए । पौडेलले संविधान संशोधनको प्रस्तावमा कांग्रेस जाने बताए ।

तर, उनले संविधान संशोधनमा ठाकुरले तराई र पहाडलाई छुट्याएर एक मधेस प्रदेश र जातीय राज्यको माग गर्छन् भन्ने कुरालाई ध्यान दिएका छैनन् । ठाकुरले भारतबाट विवाह गरेर आउनेवित्तिकै नागरिकता दिने कुरा पनि उठाएका छन् ।

‘देउवाजीले सधैँ ज्योतिषीहरूको खोजी सधैँ गरिरहनु हुन्थ्यो’, पौडेलले देउवाको खिल्ली उडाउँदै भनेका छन् ।

पौडेल सरकारमा जान चाहेका छन् । देउवाले संख्या नपुग्ने भनेर अहिलेनै सरकारमा जान नहुने धारणा राख्दै आएका छन् ।

Published : Wednesday, 2021 April 7, 12:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया