कांग्रेसको सांस्कृतिक संघको महाविधेशन माघ २८–२९ गते, सदस्यता र नवीकरण खुला

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल सांस्कृतिक संघले सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्न मातहतलाई दिर्नेशन दिएको छ ।

काठमाडौंमा बिहीबार बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले २०७८ जेठ महिनाभित्र ७७ वटै जिल्ला एवम् विधागत संघका सभापतिहरूलाई सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण र गाउँपालिका–नगरपालिकाको तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो ।

०७८ साल मंसिरभित्र ७७ वटै जिल्लामा पालिका र जिल्ला अधिवेशनसहित विधागत संघको अधिवेशन सम्पन्न गर्नुपर्ने निर्णय गरिएको अध्यक्ष तीर्थबहादुर थापाले जानकारी दिएका छन् ।

अध्यक्ष थापाले ०७८ सालको माघ २८ र २९ गते संघको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिए ।

‘संघको छातामुनि रहेका गायक, गीतकार, संगीतकार, वाद्यवादक, मूर्तिकार, चित्रकार, नृत्यकार, धर्मसंस्कृति तथा स्रष्टा–सर्जक, कलाकार, सांस्कृतिककर्मीलाई सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र पालिकास्तरीय तदर्थ समिति गठन गर्न निर्देशन गर्दछु’, अध्यक्ष थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2021 April 7, 11:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया