कांग्रेस नेता कँडेलले बालुवाटारमा हलचल ल्याइदिए, डरले थुरुरु भएका ओलीको धड्कन बढ्यो

काठमाडौं । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसदबाट विश्वासको मत लिनुपर्ने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै कँडेलले संविधानको धारा ७६ (१) अनुसार बनेको सरकारले पार्टी विभाजनपछि संविधान अनुसार नै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताए ।

उनले संविधानको धारा १ सयको २ मा पार्टी विभाजन भएको वा सरकारमा संलग्न भएको दलले विश्वासको मत फिर्ता लिएको अवस्थामा ३० दिनभित्र प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै समर्थन फिर्ता लिनु भन्न नमिल्ने बताएका छन् ।

‘संविधानको धारा १ सय को उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्छ’, उनले भने, ‘आजै ३० दिन हुँदैछ । म प्रश्न गर्न चाहन्छु । दल विभाजित भयो ।’

उनले भने, ‘एमालेले हिजो समर्थन लिएको होइन । विश्वासको मत लिएको होइन । यो अवस्थामा हामी एमालेलाई चिन्दैनौं ।’

उनले भने, ‘त्यसकारण विश्वासको मत लिने कि नलिने ? उहाँ पन्छिन पाउनुहुन्न । विश्वासको मत फिर्ता लिए हुन्छ भनेर भन्न पाइन्न ।’

प्रधानमन्त्री ओलीले कुर्सी मोहका कारण आफू सँगैका सहकर्मीलाई पाखा लगाएको र पार्टी एकीकरणलाई असफल पारेको दाबी उनले गरेका छन् ।

२०७४ सालको प्रदेश र संघको निर्वाचनका क्रममा तात्कालीन एमाले अध्यक्ष ओलीले गोरखाको पालुङटारमा सम्बोधन गर्ने क्रममा आफ्ना सभापतिलाई कांग्रेसको तर्फबाट अन्तिम प्रधानमन्त्री भनेको प्रसंग उल्लेख गर्दै कांग्रेस नेता कँडेलले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिबाट एमालेको अन्तिम प्रधानमन्त्री पनि केपी ओली नै हुने बताएका छन् ।

उनले भने, ‘२०७४ सालको प्रदेश र संघको निर्वाचनका क्रममा तत्कालीन एमाले अध्यक्ष केपी ओलीले गोरखाको पालुङटारमा आमसभालाई सम्बोधन गर्न जानुभयो ।’

‘उहाँले व्यक्त गरेका अभिव्यक्तिहरू उहाँकै शब्दमा म भन्न चाहन्छु– म भन्दिन चाहन्छु नेपालको इतिहासमा नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा हो’, कँडेलले भनेका छन्, ‘मिति तोकिदिनपर्छ भने तोकिदिन्छु। २०७४ साल पुस महिनासम्म नेपाली कांग्रेसको प्रधानमन्त्री रहन्छ । नेपाली कांग्रेसको यस देशमा प्रधानमन्त्री शेरबहादुर देउवा अन्तिम हुन्छन् ।’

कांग्रेसका सांसद कँडेलले भने, ‘जस्ता गुरू त्यस्ता चेला म त्यतातिर जान चाहन्नँ ।’

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद कँडेलको अभिव्यक्तिले ओलीलाई तनाब बढाइदिएको छ । बालुवाटारमा कँडेलका अभिव्यक्तिले हलचल ल्याइदिएको छ ।

पार्टीभित्रैबाट आलोचना भएपछि कारबाहीको तहसम्म पुगेका ओलीको कुर्सी धरापमा परेको छ । माओवादी केन्द्रले अविश्वासको प्रस्ताव फिर्ता लिने धम्की दिइरहेको छ ।

ओलीलाई जनता समाजवादी पार्टीले पनि साथ दिन्छ वा दिँदैन स्पष्ट भइसकेको छैन । महन्थ ठाकुरको साथ खोजी रहेका ओलीलाई कांग्रेसले संसदमा प्रहार गरेपछि झन् तनाब बढेको चर्चा भएको छ ।

Published : Monday, 2021 April 5, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया