ओली र एमालेको सरकारलाई कांग्रेस सांसदहरूले नाङ्गेझार बनाए

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले प्रधानमन्त्री खड्गप्रसाद ओली र एमालेको कम्युनिस्ट सरकारको आलोचना गरेका छन् ।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा शून्य समय र विशेष समयमा बोल्ने कांग्रेसका सांसदहरूले ओली र उनको सरकारको हर्कतको विरोध गरेका हुन् । सांसदहरूले ओलीको राजीनामा समेत माग गरेका छन् ।

कांग्रेसका सांसदहरूले प्रधानमन्त्री ओलीले डीपीआर नै नभएका सडक पूर्वतयारीबिना बालुवाटारबाट शिलान्यास गरेको भन्दै आलोचन गरे ।

उनीहरूले भनेका छन्, ‘एकै दिनमा ३ सय १६ स्थानीय तहमा विभिन्न अस्पतालको शिलान्यास भयो भनेर प्रचार गर्नु बालुवामा पानी हाले सरह हो ।’

कांग्रेसका सांसदहरूले बालुवाटारमा बसेर डीपीआरनै तयार नभएका आयोजनाको शिलान्यास गर्नुभन्दा एकै पटक रातो किताबलाई शिलान्यास गर्न ओलीलाई सुझाव दिए ।

कांग्रेसका सांसदहरू देवेन्द्रराज कँडेल, डा.डिला संग्रौला, भरत शाह, भीमसेन दास प्रधान, मीनबहादुर विश्वकर्मा, मीना सुब्बा, मोहनप्रसाद पाण्डे, रंगमती शाही, राजेन्द्रकुमार केसी, रामबहादुर विष्ट, लक्ष्मी परियारलगायतले धारणा राखेका थिए ।

Published : Monday, 2021 April 5, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया