कांग्रेस नेतृ डा.संग्रौलाद्वारा ओली र एमाले सरकारको भण्डाफोर, लाजले भुतुक्कै भए कम्युनिस्ट

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले प्रधानमन्त्री खड्गप्रसाद ओलीको राजीनामा माग गरेकी छिन् ।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा विशेष समयमा बोल्दै संग्रौलाले ओलीको बहिर्गमन छिटोभन्दा छिटो हुनुपर्ने बताइन् । ओलीले शासन सत्ता चलाउने बैधानिकता गुमाएको उनले दाबी गरेकी छिन् ।

‘लामो संघर्ष र बलिदानपछि प्राप्त लोकतान्त्रिक पद्धतिको अवमूल्यन, संविधानमाथि प्रहार र जनविरोधी क्रियाकलाप प्रधानमन्त्री ओलीले आफू सत्तासिन भएदेखिनै गरेकै हुन्’, उनले भनेकी छिन्, ‘त्यसैले यो सरकार अकर्मण्य, अपारदर्शी, असंवेदनशील र सत्तालोलुपताले भरिएको घैँटो जस्तै भएको छ ।’

‘जनताप्रति अनुत्तरदायी खड्क– सत्ता स्वभावले नै अधिनायाकवादी र सर्वसत्तावादी छ’, संग्रौलाले भनेकी छिन्, ‘यसको चाडोभन्दा चाडो वर्हिगमन आजको आवश्यकता हो ।’

उनले भनेकी छिन्, ‘प्रधानमन्त्रीको हठवादले यही पुस ५ गते संसद्को विघटन, कानूनी व्यवस्था र प्रचलित मूल्य–मान्यता भत्किएका छन् । सत्ता टिकाउन जे जस्तो कू–कर्म गर्न तयार हुन्छन् भन्ने उनको सोँच अब छताछुल्ल भैसकेको छ ।’

‘आज उनलाई प्रतिनिधिसभाको खुल्ला विमर्शभन्दा बालुवाटारको कोठे बैठक प्रिय भएको छ’, संग्रौलाले भनेकी छिन्¸‘नेपालको इतिहासमा पहिलो पटक विभिन्न बहानामा संसद्लाई निष्कृय र विजनेश विहीन बनाइँदै छ ।’

उनले भनेकी छिन्, ‘सर्वोच्चले संसदको पुनःस्थापना गरे पश्चात उनले शासन चलाउने नैतिक आधार गुमाइसकेका छन् । त्यसैले आज म संसद्बाटै उनको राजीनामा माग गर्दछु ।’

‘भष्ट्राचार र सरकार एकअर्काका परिपूरक भएका छन् । धेरै टाढा नजाउँ तत्कालीन सूचना तथा सञ्चार मन्त्रीको ७० करोडको अडियो डिल प्रकरण बाहिरियो । राजीनामा आयो’, उनले भनेकी छिन्, ‘कारवाही भएन । कोरोनाको महामारीमा स्वास्थ्य सामग्री खरिदमा भएको भष्ट्राचार र ओम्नी ग्रुपसँग ठेक्का गर्दा भएको अनियमियतामा कारवाहीको लागि सर्वाजनिक लेखा समितिले तत्कालीन स्वास्थ्य मन्त्रीलाई इंगित गरिसकेको छ ।’

‘भर्खरै वनमन्त्रीले वैज्ञानिक वन नीति खारेज गर्दा करोडौं रकम दिन आए आफै भन्छन् । कस्तो लज्जास्पद ! त्यसैले इतिहासमा यो सरकार सबैभन्दा भष्ट्राचारी सरकार हो । तर प्रधानमन्त्री भष्ट्राचारमा शून्य सहनशिलता भन्न छोडदैनन्’, कांग्रेस सांसद डा.संग्रौलाले भनेकी छिन् ।

उनले भनेकी छिन्, ‘जापान जानका लागि सीओइ लेटर पनि आइसकेको, विश्विवद्यालयले मागेको शुल्क पनि पठाइसकेको र आफ्नो विश्वविद्यलयमा पढ्नका लागि योग्यता प्रमाणपत्र पनि आएका थुप्रै नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका छन् ।’

‘जापानसरकारसँग कुटनीतिक वार्ता गरी उनीहरुलाई चाँडोभन्दा चाँडो उच्च शिक्षा हासिल गर्ने बातावरण बनाउन माग गर्दछु’, उनले भनेकी छिन् ।

‘प्रधानमन्त्रीले डीपीआर नै नभएका सडक पूर्वतयारीबिना बालुवाटारबाट शिलान्यास गर्नु, एकै दिनमा ३ सय १६ स्थानीय तहमा विभिन्न अस्पतालको शिलान्यास भयो भनेर प्रचार गर्नु बालुवामा पानी हाले सरह हो’, उनले भनेकी छिन् ।

‘जनताले आधारभूत स्वास्थ्य, शिक्षा, राम्ररी खान पनि पाइरहेका छैनन् । ठाउँ ठाउँमा लागेको डढेलोले वातावरण प्रदुषित भएको छ’, उनले भनिन्, ‘जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्न गएको छ । यसको रोकथाम एवं न्यूनिकरणको लागि सरकारको ध्यानकर्षण गराउँदछु ।’

‘मेलम्चीको खानेपानी सन्त नेता कृष्णप्रसाद भट्टराईको योजना र सपना थियो । जुन साकार आज भएको छ’, उनले भनेकी छिन्, ‘उहाँप्रति सबैले सम्मान प्रकट गर्नु नै पर्दछ ।’

Published : Monday, 2021 April 5, 9:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया