कमजोर बने ओली, काठमाडौंमै हारे, केही चलेन

काठमाडौं । एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले २२५ सदस्यीय काठमाडौं जिल्ला कमिटी गठन गरेको छ ।

प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले नेपाल समूहमाथि अनुशासनको कारबाही चलाएका बेला नेपाल–खनाल समूहले आइतबार काठमाडौंमै समानान्तर कमिटी बनाएको छ ।

काठमाडौंको बुद्धनगरमा आइतबार समानान्तर कमिटी बनाएर नेपाल–खनाल समूहले काठमाडौंमै ओलीका सेखी झारिदिएको छ । नेपाल–खनाल समूहले ओलीको घमण्ड तोडिदिएको छ ।

काठमाडौं जिल्ला अगुवा कार्यकर्ता भेलामा नेपाल–खनाल समूहले वसन्त मानन्धरको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।

उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुकुमार कार्की र सह–सचिवमा लक्ष्मीप्रसाद श्रेष्ठलाई चयन गरिएको छ ।

नेपाल–खनाल समूहले देशभर समानान्तर कमिटी गठनलाई तिब्रता दिएको छ ।

नेपाल–खनाल समूहले ओलीलाई देशभरि चुनौती दिने जनाएको छ । एमालेको विभाजन रोक्न र ओलीमाथिको संकट रोक्न राष्ट्रपति विद्यादेवी भण्डारीले नेता खनाललाई उनकै निवास डल्लुमा पुगेर परामर्श गरेपनि कुनै ठोस निष्कर्ष आएको छैन ।

Published : Sunday, 2021 April 4, 10:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया