कांग्रेसले दियो बालुवाटारलाई तनाब, एक्लिएका ओली दिक्क

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री खड्गप्रसाद ओलीको राजीनामा माग्ने निर्णय गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार ढिला गरेर बसेको केन्द्रीय कार्यसमिति बैठकले ओलीको राजीनामा माग्ने निर्णय गरेको हो । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पनि गरेको नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री ओलीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने कांग्रेसको सुझाव छ ।

कांग्रेसको यो निर्णयले प्रधानमन्त्री ओलीलाई तनाब बढाइदिएको छ । बालुवाटारमा बसेका ओलीले अब के गर्ने भनेर रणनीति बनाउनेछन् ।

कांग्रेसलाई माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहले सरकारको नेतृत्वको लागि पहल गर्न दवाव दिँदै आएको छ ।

एमाले आन्तरिक रुपमा विभाजनतिर गएका बेला कांग्रेसको निर्णयले ओलीलाई सबैभन्दा ठूलो झड्का लागेको छ ।

Published : Friday, 2021 April 2, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया