डोल्पामा एमाले–माओवादी–राप्रपाका नेताहरू कांग्रेसमा प्रवेश, केन्द्रीय सदस्य बुढाद्वारा स्वागत

त्रिपुरासुन्दरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढाले कम्युनिस्टहरू दुईतिहाइ पाउँदा पनि देश चलाउन असफल भएपछि कांग्रेसले नेतृत्व दिने बताएका छन् ।

डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका– ६ मा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बुढाले कांग्रेसले नेतृत्व गरेर देशलाई सहि बाटोमा लैजाने बताए ।

‘देश कांग्रेसले चलाउने हो । दुईतिहाइ बहुमत पाउँदा पनि कम्युनिस्टहरू असफल भएका छन्’, उनले भने, ‘कांग्रेस मेरुदण्ड हो ।’

डोल्पा जिल्लामा ०५१ सालदेखि कम्युनिस्टले जितेको भएपनि कुनै पनि विकास गर्न नसकेको उनले आरोप लगाए । डोल्पाको विकास गर्न कांग्रेसले जित्नै पर्ने कर्णले बताएका छन् ।

‘डोल्पामा कम्युनिस्टले केही काम गरेका छैनन्’, केन्द्रीय सदस्य बुढाले भने, ‘कांग्रेसले विकास गर्छ । स्थानीय चुनावमा त्रिपुरासुन्दरी नगरपालिकामा कांग्रेसले मेयर पनि जित्छ ।’

यसैबीच, डोल्पा कांग्रेसमा पूर्वप्रधान पञ्च चन्द्रलाल चलाउनेसहित ३६ जना प्रवेश गरेका छन् ।

कांग्रेस प्रवेश गर्नेमा माओवादी नेतृ सुनफुली झाँक्री भीमबहादुर बुढा, एमाले, काली बुढा धर्मबहादुर चलाउनेलगायतका रहेका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य कर्णबहादुर बुढा, गौरीशंकर उपाध्याय, मोतीप्रसाद उपाध्याय, नीमाछिरिङ बुढा, हिक्मतबहादुर शाही, श्याम रोकाय, कुलबहादुर बोहरा, पुष्पकुमार शाही, तेजेन्द्र रोकायलगायतको उपस्थिति रहेको थियो ।

Published : Friday, 2021 April 2, 12:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया