ओलीका लोकप्रिय नेता तामाङ दलबलसहित कांग्रेसमा प्रवेश, देउवाद्वारा स्वागत

काठमाडौं । सत्तारुढ एमालेका लोकप्रिय नेता एवम् वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा बुधबार आयोजित विशेष कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले तामाङसहितका नेताहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

तामाङ एमाले ताप्लेजुङका नेता नेता पनि हुन् । उनी ताप्लेजुङमा निकै लोकप्रिय छन् । वैदेशिक रोजगारीमा पनि व्यवसायीहरूका बीच तमाङ शालिन र भद्र व्यक्तित्वका रुपमा परिचित छन् ।

सभापति देउवाले तामाङसहित कांग्रेस प्रवेश गरेका नवप्रवेशीहरूलाई इमान्दारिताका साथ काम गर्न निर्देशन दिएका छन् ।

कांग्रेसले सबैलाई जिम्मेवारी दिएर मुलुकको सेवामा लगाउने देउवाले बताएको नेपाली जनसम्पर्क समिति समन्वय विभागका केन्द्रीय सदस्य प्रज्ञान न्यौपानेले जानकारी दिए ।

एमाले परित्याग गरेर कांग्रेस प्रवेश गरेका तामाङले कम्युनिस्टहरूमा लामो समय रहँदा पनि देश र जनताको पक्षमा कुनै पनि कम्युनिस्ट नेताले काम नगरेको आफ्नो अनुभव रहेको बताए ।

उनले कम्युनिस्टहरू सबै गरिव जनताको कुरा गरेर नेताहरू मात्रै मोटाउन काम गरेको बताए ।

Published : Wednesday, 2021 March 31, 5:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया