संसदमा खाणले उठाए बाग्लुङ घटना, दोषीलाई कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले म्यानमारमा निर्वाचित सरकारलाई अपदस्त गरेर सैन्य शासन प्रारम्भ गरेको भन्दै विरोध गरेका छन् ।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा शून्य समयमा बोल्दै खाणले भने, ‘म्यानमारमा पछिल्लो पटक निर्वाचित सरकारलाई त्यहाँको सेनाले अपदस्त गरेर सैन्य शासन प्रारम्भ गरेकोमा म घोर भर्त्सना गर्दछु ।’

उनले भने, ‘लोकतन्त्र र मानव अधिकारका पक्षमा आवाज बुलन्द गरिरहेका नागरिकलाई सेनाले दमन गरेको छ ।’

प्रमुख सचेतक खाणले बाग्लुङ कांग्रेसका जिल्ला सदस्य प्रकाश कुँवर र सक्रिय कार्यकर्ता दीपक परियारको हत्या भएको भन्दै विरोध गरेका छन् । उनले सांघातिक आक्रमणबाट हत्या भएको भन्दै घटनामा दर्जौंन व्यक्ति घाइते भएको बताए ।

कांग्रेस सांसद खाणले घटनाको छानविन गरेर दोषीलाई कारबाहीको माग गरेका छन् ।

Published : Wednesday, 2021 March 31, 4:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया