प्रशासकीय अधिकृत डाँगी आउने भएपछि लमहीमा वध्याक्षहरूको विरोध, बैठक बहिस्कार गर्ने चेतावनी

लमही । दाङको लमही नगरपालिकाका १३ जना वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरूले गेहेन्द्रबहादुर डाँगीलाईलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा आउन लागेको भन्दै विरोध गरेका छन् ।

१३ जना वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत डाँगीको विरोधमा संयुक्त विज्ञप्ति जारी गरेर विरोध जनाएका छन् । डाँगी लमही नगरपालिकामा जिम्मेवारी लिएर आएमा नगर कार्यपालिकाको सम्पूर्ण बैठकहरू बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

‘लमही नगरपालिकाको नगर कार्यपालिकामा गत वर्ष २०७६–११–०६ गतेका दिनदेखि तत्कालीन प्रमुख प्राशासकीय अधिकृत गहेन्द्रबहादुर डाँगीको विषयमा ठूलो विवाद भई निजको सरुवा गराउनका लागि नगर कार्यपालिकाका १९ जना सदस्यमध्ये १६ जना सदस्यहरूको हस्ताक्षर तथा नगर सभाका ५० जना सदस्यमध्ये ४७ जना सदस्यहरूको हस्ताक्षरसहित नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएको कुरा आम नागरिक वासीहरूलाई अवगत छ’, वडाध्यक्षहरूको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

‘विवाद समाधानका लागि नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा डेलीगेसन गई अनुरोध पत्र चढाएको र सोहीअनुसार नजिको सरुवा समेत भएकोमा फेरि निज विवादित प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीलाई सरुवा भई आउनको लागि नगर प्रमुख, उप–प्रमुख र केही वडाध्यक्षहरूले सहमति दिइसकेको हुँदा निजलाई यस लमही नगरपालिकामा हाजिर गराएमा हाम्रो तपसिलका वडाध्यक्षहरू तथा कार्यपालिकाका सदस्यहरूको अत्याधिक विमती तथा विरोध रहेको कुरा जानकारी गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नगर कार्यपालिकाको सम्पूर्ण बैठकहरू बहिस्कार गर्ने र यसबाट उब्जिने सम्पूर्ण समस्याको भागिदार सरुवा भई आउनका लागि सहमति दिने पक्षहरूनै हुने यस प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँदै आम नागरिकमा पर्न जाने समस्याहरूप्रचि क्षमा चाहन्छौँ ।’
संयुक्त विज्ञप्ति जारी गर्ने वडाध्यक्षहरूमा मेघनारायण चौधरी, नुमराज पौडेल, नेपालु चौधरी, गणेशमान चौधरी, बाबुराम चौधरी रहेका छन् ।

कार्यपालिका सदस्यहरूमा राधा केसी, नारायणी खड्का, सुनिता चौधरी, पार्वती विक, ठगे दमाई, रमेश कुमाल र बमबहादुर विक रहेका छन् ।

Published : Monday, 2021 March 29, 12:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया