कम्युनिस्ट असफल भएका बेला कांग्रेसले जनतालाई निराश नबनाउने

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र १४औँ महाधिवेशनका विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार चैत २० गते शुक्रबार दिउँसो २ बजेका लागि कार्यसमितिको बैठक बोलाइएको छ ।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकबाट कांग्रेसलाई जनतालाई निराश नबनाउने गरेर केही महत्वपूर्ण निर्णयको तयारी गरेको छ ।

नैतिकताका आधारमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले पदबाट राजीनामा दिनुपर्ने माग उठिरहेको छ । ओली भने अझै दुई वर्ष प्रधानमन्त्री बनेर नेतृत्व गर्ने बताउँदै आएका छन् । माओवादी केन्द्रले ओलीलाई दिएको समर्थनलाई यथावत राखेको छ ।

माओवादीले ओलीलाई दिएको समर्थन फिर्ता लिएमा कसरी अगाडि बढ्ने भन्नेबारेमा पनि कांग्रेसमा छलफल हुनेछ ।

निर्वाचनका बेला जनतासँग राजनीतिक स्थायित्वको नारासहित कथित वाम गठबन्धनलाई भोट मागेका एमाले र माओवादीहरू अहिले बोलचाल बन्द गरेर बसेका छन् ।

उनीहरू सरकार चलाउन अफल भइसकेका छन् । कांग्रेसलाई देश चलाउन दवाव परिरहेका बेला केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको छ ।

कांग्रेसको १४औँ महाधिवेशन र क्रियाशील सदस्यता वितरणका विषयमा पनि छलफल हुनेछ ।

Published : Thursday, 2021 March 25, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया