कांग्रेसका खतिवडाद्वारा ओलीका नयाँ घरबेटीको ठूलो काण्ड सार्वजनिक, प्रचण्डका घरबेटीभन्दा पनि बद्नाम

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका नयाँ घरबेटीले नेपाल विद्युत् प्राधिकरणलाई २ अर्ब ५० करोड चुना लगाएको रहस्य खुलासा गरेका छन् ।

कांग्रेस नेता खतिवडाले बिहीबार ट्वीट गर्दै ओलीका नयाँ घरबेटीले २ अर्ब ५० करोड रुपियाँ विद्युत् प्राधिकरणलाई बक्यौता तिर्न बाँकी रहेको खुलासा गरेका हुन् ।

ओलीले काठमाडौंको थापाथली हाइटमा एमालेको नयाँ पार्टी कार्यालयका लागि व्यापारी सञ्जय अग्रवालको घरमा राख्न लागेका छन् । ओलीले बुधबार अग्रवालको घरको निरीक्षण गरेका छन् ।

ओलीसँग अग्रवालको घरको निरीक्षण गर्न अर्थमन्त्री विष्णु पौडेल र कृषिमन्त्री पद्मा अर्यालसहितका नेताहरू गएका थिए ।

‘ओएमालेलाई (ओली एमाले) नयाँ पार्टी कार्यलय दिने घरबेटीले २ अर्ब ५० करोड विद्युत् प्राधिकरणको बक्यौता तिर्न बाँकी भन्ने समाचार गाइँगुइँ हल्ला छ’, खतिवडाले ट्वीट गर्दै भनेका छन्, ‘फेरि माफियाकै हातले यो पार्टी चल्ने समाचार असत्य साबित होस् । हे ईश्वर, विष्णु भगवानले सबैको रक्षा गरुन् ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी ठेकेदार शारदा अधिकारीले समयमा काम नगरेर बद्नामी कमाएका छन् । ठूला आयोजनाहरू होल्ड गरेर अधिकारीले राखेका छन् ।

प्रचण्डका घरबेटीले जनतालाई राजनीतिक पावरका कारण जनतालाई आजित बनाइरहेका बेला प्रधानमन्त्री ओलीका नयाँ घरबेटीले विद्युत् प्राधिकरण २ अर्ब ५० करोड बिजुलीको बक्यौता नतिरेको रहस्य बाहिरिएको छ ।

Published : Thursday, 2021 March 25, 11:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया