विश्वप्रकाशको नजरमा सिटौला र गगनमध्य को राम्रो ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेताद्वय कृष्णप्रसाद सिटौला र गगन थापालाई रोज्नभन्दा गगन थापालाई रोजेका छन् ।

एउटा टेलिभिजनको कार्यक्रममा प्रस्तोताले सोधेको प्रश्नमा शर्माले थापालाई रोजेका हुन् । थापालाई स्मरण गर्दै शर्माले भनेका छन्, ‘भोलिको दिनमा उदार नेतृत्व गर्न आएको युवा, मेरो भाइ, मेरो साथी, मलाई पनि बल प्राप्त हुनेछ ।’

थापाले कुनै ठाउँमा भाषणका बेला विश्वप्रकाश शर्मा मेरो गुरु हो भनेको प्रशंगमा प्रवक्ता शर्माले भने, ‘उहाँले उदारतापूर्वक भन्नुभयो होला । मैले आफूलाई पछिल्लो देखरेख गर्नुभएका लगायत अरु साथीको गुरु हो भन्ने कुराको कहिल्यै पनि सोँचाइ राख्दैन ।’

‘हामी सँगसँगै काम गरेका हौँ । सहकार्य गरेका हौँ’, शर्माले भने, ‘यो अलग कुरा हो । कुनै बेला नेविसंघको राष्ट्रिय अध्यक्ष भएर मैले काम गर्दैगर्दा त्यो कमिटीमा पाँच वटा उपाध्यक्षमध्ये एउटा गगन थापा पनि हुनुन्थ्यो । अरु साथीहरू पनि हुनुहुन्थ्यो ।’

शर्माले भने, ‘उहाँहरूको सबैको सहयोग र बलले म सफल सभापति पनि हुन पुगेँ । सबैको साथ सहयोग पाएँ ।’

‘उहाँहरू मभन्दा तेज युवकका रुपमा काम गरेर आउनुभयो । उहाँहरूले सम्मानपूर्वक भन्नुभयो होला’, उनले भने, ‘मैले भन्दै गर्दा मेरो चेलाहरू हुन् भन्ने हिसाबले म भन्दैन ।’

‘उहाँहरू के होभन्दा पनि मभन्दा योग्यता राखेर मलाई पनि उछिनेर नेतृत्व गरेर जान सक्ने क्षमता भएका साथीहरू हो’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन् ।

कार्यक्रममा प्रस्तोताले प्रवक्ता शर्मालाई विभिन्न व्यक्तिहरूमा तुलना गरेर रोज्न लगाएका छन् । शर्माले पनि फटाफट जवाफ दिएका छन् ।

प्रवक्ता शर्माले प्रधानमन्त्री केपी ओली र नेत्रविक्रम चन्द ‘विप्लव’मध्ये ओलीलाई छानेका छन् । अभिनेताद्वय शिव श्रेष्ठ र भुवन केसीमध्येमा शर्माले शिव श्रेष्ठलाई रोजेका छन् ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ र एमालेका नेता गोकुल बास्कोटामा शर्माले नारायणकाजी श्रेष्ठलाई रोजेका छन् ।

गायक राजेशपायल राई र हास्य कलाकार विल्सनबिक्रम राईमा शर्माले राजेशपायललाई रोजेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका नेता माधव नेपालमा कांग्रेसका प्रवक्ता शर्माले पुष्पकमल दाहाललाई रोजेका छन् ।

फिल्म निर्माताद्वय रोज राणा र राजकुमार राईमा उनले राजकुमार राईलाई रोजेका छन् । सञ्चारकर्मीद्वय टीकाराम यात्री र भुषण दाहालमा शर्माले टीकाराम यात्रीलाई रोजेका छन् ।

Published : Wednesday, 2021 March 17, 10:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया