ओलीद्वारा भारतीय चेलीलाई उप–सभामुखमा प्रस्ताव, यसरी खुल्दैछ राष्ट्रवादको मुखुण्डो

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले प्रतिनिधिसभाको रिक्त उप–सभामुख पद जनता समाजवादी पार्टी नेपाल (जसपा)की सांसद चन्दा चौधरीलाई दिन प्रस्ताव गरेको छ ।

भारतबाट विवाह गरेर नेपाल छिरेकी चौधरीलाई प्रधानमन्त्री खड्गप्रसाद ओलीले नै जसपाका नेताहरू समक्ष प्रस्ताव गरेको स्रोतले जनाएको छ । चौधरी अंगिकृति नागरिक हुन् । उनलाई महन्थ ठाकुरको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले समानुपातिकमा प्रतिनिधि सभाको सांसद बनाएको थियो ।

ओलीले जसपाका नेताहरूसँग आफ्नो सरकारलाई साथ दिएमा उप–सभामुखसहित आकर्षक मन्त्रालयहरू दिन अफर गरिसकेका छन् ।

प्रतिनिधि सभाको बैठकमा केही महिना अगाडि सांसद चौधरीका विषयमा एमालेकै सांसद गंगा चौधरीले विभिन्न आरोपहरू लगाएकी थिइन् । जसपाकी सांसद चन्दा चौधरीले पनि विवादास्पद अभिव्यक्ति दिँदै आएकी छिन् ।

राजधानीमा मंगलबार एमाले नेताहरू विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई तथा जसपा नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सहभागी वार्तामा सत्तासाझेदारीका विषयमा गम्भीर परामर्श भएको एक नेताले बताएका छन् ।

उप–सभामुख पद रिक्त छ । उप–सभामुख संवैधानिक परिषदको सदस्य रहने व्यवस्था छ ।

एमालेले जसपासँग केन्द्र सरकार र प्रदेश सरकारहरूमा पनि सहकार्य गरेर जान प्रस्ताव गरेको छ ।

Published : Tuesday, 2021 March 9, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया