गगन थापाद्वारा ओलीको झुठको भण्डाफोर, बालुवाटारमा खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको झुठको भण्डाफोर गरिदिएका छन् ।

ओलीले कांग्रेसले प्रतिनिधि सभा अबरोध गरेको विषयमा एसिड आक्रमणसँग जोडेर झटको खेती गरेपछि युवा नेता थापाले कडा जवाफ दिएका हुन् । थापाले मंगलबार ट्वीट गर्दै ओलीलाई झुठको डंक नपिट्न चेतावनी दिएका छन् ।

‘संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने, त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने ? झुट प्रधानमन्त्रीज्यू’, कांग्रेस नेता थापाले भनेका छन् ।

‘एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन हामी सदनमा प्रतीक्षारत छौँ’, उनले भनेका छन् ।

नेता थापाले ओलीको झुठको भण्डाफोर गरेपछि बालुवाटारलाई तनाव भएको छ ।

कांग्रेसले आइतबारको प्रतिनिधि सभामा संवैधानिक परिषदको बैठकसम्बन्धी अध्यायदेश अनुमोदन गराउन ओलीको कम्युनिस्ट सरकारल संविधानको प्रावधान विपरित कार्य गर्न खोजेपछि सदन अवरोध गरेको थियो ।

ओलीले अध्यादेशमार्फत संवैधानिक परिषदको बैठकमा प्रमुख विपक्षी दलको नेता र सभामुख सहभागी नहुँदा पनि बहुमतबाट नियुक्ति गर्न सक्ने व्यवस्था गरेका थिए ।

अहिले आएर ओलीले सो अध्यादेशलाई पारित गराउन खोजेका छन् । कांग्रेसले अध्यादेशको विरोध गर्दै आएको छ ।

ओलीले महिला हिंसा र एसिडसम्बन्धी अध्यादेश पारित गर्न कांग्रेसले नदिएको भनेर आक्षेपहरू लगाएपछि कांग्रेस नेता थापाले आपात्ति जनाएका हुन् ।

प्रधानमन्त्री ओली कांग्रेसको आन्दोलन र दवावपछि आत्तिएका छन् । सबैतिरबाट घेराबन्दीमा परेका ओलीलाई आफ्नै पार्टीभित्रबाट असहयोग छ ।

कांग्रेसले संविधानविरुद्धका ओलीका हर्कत र गतिविधिलाई कुनै पनि हालतमा अगाडि बढ्न नदिने जनाइसकेको छ । कांग्रेसले आफ्नो नेतृत्वमा बनेको संविधानको रक्षाका लागि लाग्दै आएको छ ।

कांग्रेसले ओलीको अधिनायकवादलाई स्वीकार गर्न नसक्ने जनाउँदै आएको छ ।

Published : Tuesday, 2021 March 9, 11:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया