एमाले फुटाउन ८ सांसद आवश्यक, ओलीको राजनीति अहिले पनि धरापमा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपाललाई पार्टीभित्र चालीस प्रतिशत पुर्‍याउन करीव ८ सांसदको आवश्यक्ता परेको छ ।

नेता नेपालले संसदीय दलमा ४० प्रतिशत सांसद पु¥याए भने पार्टी विभाजन गर्न सजिलो हुनेछ । प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष समेत रहेका खड्गप्रसाद ओलीले चालखीपूर्ण हर्कत गरेपछि नेपाल समूह समस्यामा परेको छ ।

नेता नेपालसहित झलनाथ खनाल, भीमबहादुर रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गंगा चौधरीसहितका सांसदहरू एमालेमा फर्किन तयार भएका छन् ।

नेपाल समूह एमालेमा फार्किए पनि ओलीलाई सहज रुपमा अगाडि बढ्न दिनेछैन । नेपाल समूहको निरंकुशता र अधिनायकवादविरुद्ध पार्टीभित्रै बसेर संघर्ष गर्ने जनाइसकेको छ ।

नेता नेपालले राजनीति र कुटनीतिमा प्रचण्ड र ओलीभन्दा सातिर रहेको चर्चा छ । सोही कारण ओलीले नेता नेपाललाई निशाना बनाउँदै आएका छन् ।

नेपालको दिमाग धेरै तेज र सातिर हिसाबले चल्छ भनेर नेताहरूबीच बेलाबेला चर्चा हुने गरेको छ ।
नेता नेपालले ओलीसँग विद्रोह गर्न अहिलेको राजनीतिक दलसम्बन्धी ऐनअनुसार केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउनुपर्छ ।

नेता नेपालसँग केन्द्रीय कमिटीमा ४० प्रतिशत छ । संसदीय दलमा नेता नेपाल अल्पमतमा छन् । चालीस प्रतिशत पुर्‍याउन नेपाललाई ८ सांसदको आवश्यक्ता पर्ने चर्चा हुन थालेको छ ।

अहिले नेकपा (एमाले)का १२१ सांसद छन् । त्यसमध्ये नेपाल समूहमा ४० जना छन् । उनलाई ४० प्रतिशत पुर्‍याउन ८ सांसद आवश्यक पर्छ ।

साम, दाम, दण्ड, भेद अपनाएर नेपाल समूहले ८ जना सांसद जुटाएर एमाले फुटाए भने ओली गुटको पतन पक्का रहेको चर्चा हुन थालेको छ ।

नेकपाका विषयमा सर्वोच्च अदालतको फैसलाबाट सबैभन्दा ठूलो समस्या नेता नेपाललाई भएको छ ।

नेता नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूसँग विदा भएर पेरिसडाँडाबाट निस्किएका छन् । नेता नेपाल चुप लागेर ओलीलाई सहज रुपमा सहयोग गर्ने भने छैनन् ।

Published : Monday, 2021 March 8, 7:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया