राजधानीमै अग्नि सापकाटाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, बस्नेतद्वारा स्वागत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले करीव ३० जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

राजधानीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले नेकपाका नेता कार्यकर्ताहरूलाई कांग्रेसमा प्रवेश गराएका हुन् । कांग्रेस नेता बस्नेतले नेकपाले जनतालाई समस्या बनाएको भन्दै असंवैधानिक गतिविधि गरिरहेको बताए ।

सिन्धुपाल्चोक जिल्लाको लिसङ्खुपाखर गाउँपालिकाका नेकपाका नेता कार्यकर्तालाई नेता बस्नेतले सदस्यता प्रदान गरेका छन् ।

कम्युनिस्टहरू व्यक्तिगत स्वार्थमा लागेर कमाउधन्दामा लागेपछि गाउँका नेता कार्यकर्ताले नेकपा छाडेर कांग्रेसमा प्रवेश गर्न थालेका छन् ।

सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित भएका अग्निप्रसाद सापकोटाले काम गर्न नसकेको भनेर आलोचना हुँदै आएको छ । सापकोटा अहिले सभामुख छन् ।

सभामुख भएका सापकोटाले निष्पक्ष भएर संसदमा काम गर्न नसकेको आरोप छ । सापकोटाले पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिँदै आएका छन् ।

सिन्धुपाल्चोकमा काम गर्न नसकेपछि सापकोटालाई आफ्नै पार्टीका नेता कार्यकर्ताले धमाधम छाड्न थालेका छन् ।

Published : Saturday, 2021 March 6, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया