ओलीले मेलम्चीका जन्मदाता किशुनजीको नामै लिएनन्, पद फुत्किने बेला कम्युनिस्टको अहँकारले सीमा नाघ्यो

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले मेलम्ची खानेपानी आयोजनाका जन्मादाता नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई धन्यावाद समेत दिएका छैनन् ।

भट्टराईले ०४७ सालमै मेलम्ची नदीको पानी सिन्धुपाल्चोकबाट ल्याएर काठमाडौंको सडक पखाल्ने बताएका थिए । भट्टराईले मेलम्ची नदीको पानी काठमाडौं ल्याउन योजना बनाउँदा तत्कालीन नेकपा (एमाले)का नेता समेत रहेका ओलीले विरोध गरेर उत्पात मच्चाएका थिए ।

कांग्रेसका भट्टराईले ल्याएको योजनाबाट मेलम्चीको पानी काठमाडौं आएको छ । ओलीले शनिबार उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा ओलीले पूर्वप्रधानमन्त्री भट्टराईको नाम समेत उच्चारण गरेनन् । धन्यावाद समेत दिएनन् ।

कांग्रेस नेता पुरुषोत्तम दाहालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्यो । ०४७ सालमा तत्कालीन प्रधानमन्त्री सन्तनेता कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी राजधानीको सडक समेत पखाल्ने गरी ल्याउछु भनेर भाषण गर्दा यो प्रस्ताव र योजना बनाउन आदेश दिँदा सपनाको खेती भनेर उत्पात भाषण गर्ने नेकपा (एमाले)का नेता हालका प्रधानमन्त्री केपी ओलीले अरु सबैलाई धन्यवाद दिनुभयो ।’

‘राजनीतिक निचता त्यस समय अनुभव भयो ओलीले आधा घण्टा लामो भाषणमा कतै पनि मेलम्ची योजनाका प्रस्तावक कृष्णप्रसाद भट्टराईको नाम पनि लिन चाहेनन्’, दाहालले भनेका छन् ।

‘वास्तवमा मेलम्चीको पानी वितरण केन्द्र सुन्दरीजलसामु किशुनजीको शालिक राख्ने प्रस्ताव ओलीले गरेको भए कति सुखद् र राजनीतिक संस्कृतियुक्त हुने थियो’, दाहालले भनेका छन् ।

‘हुन त मेलम्चीको पानी ल्याउन सक्रिय किशुनजीलाई निर्वाचनमा पराजित गरेर यहाँका त्यस वेलाका मतदाताहरूले कृतघ्नता देखाएका थिए’, दाहालले भनेका छन्, ‘धिक्कार छ कृतघ्न राजनीति र सोँचलाई । जे भएपनि पानी आउने भएकोमा राजधानीवासीलाई बधाई छ ।’

वरिष्ठ सञ्चारकर्मी कुशुम भट्टराईले पनि ओलीले पूर्वप्रधानमन्त्री भट्टराईलाई धन्यावाद नदिएकोमा असन्तुष्टि जनाएका छन् ।

‘०४७ सालमा किसुनजीले राजधानीका सडक पखाल्ने गरी मेलाम्चीको पानी ल्याउने सपना देख्नुभएको थियो’, उनले भने, ‘मेलाम्चीबाट पानी ल्याउने प्रकृया त्यहीबाट थालिएको हो ।’

‘किसुनजीले त्यतिबेला मेलाम्चीको कुरा गर्दा हाँसोले उडाउने ओलीले आज सोही सपना साकार भएको दिन किसुनजीको नामै लिएनन्’, सञ्चारकर्मी भट्टराईले भनेका छन् ।

‘यही हो, कृतघ्नताको पराकाष्ठा, मानौं ओलीले उखान खड्ग प्रहार गरी सुरुङ बनाइ मेलाम्चीको पानी ल्याएका हुन्’, उनले भनेका छन्, ‘मेलाम्चीको पानी ओलीले नै ल्याएका हुन् भने झैं दम्भ देखियो ।’

‘जबकी यो किसुनजीको पालादेखिको लामो प्रकृयाको अन्त्य काकतालीले ओलीको शासनमा भएको हो’, सञ्चारकर्मी भट्टराईले भनेका छन् ।

मेलम्ची खानेपानी आयोजनाका जनमदाता किशुनजीलाई ओलीले सुन्दरीजलमा शनिबार आयोजित कार्यक्रममा गरेको अपमानलाई राजधानीवासीले बिचार गरेका छन् ।

बरु कार्यक्रमको अन्त्यमा धन्यावाद निदे क्रममा खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले आयोजनाका संस्थापक जन्मदाता कांग्रेस नेता भट्टराईलाई धन्यावाद दिएका थिए ।

पार्टीभित्रको अन्तरिक विवादले प्रधानमन्त्री पद कति बेला फुत्किने हो भनेर तनावमा रहेका ओलीले शनिबार मेलम्ची खानेपानी आयोजनाको हतार हतार उद्घाटन गरेका छन् । त्यही कार्यक्रममा ओलीले कांग्रेसलाई गाली गर्न समेत भ्याएका थिए ।

Published : Saturday, 2021 March 6, 9:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया