कांग्रेस संसदीय दलको सुझबुझपूर्ण निर्णयले कम्युनिस्टहरू निरास

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सर्वोच्च अदालतलेको फैसलाबाट संसद विघटन गर्ने निर्णय बदर भएकोमा स्वागत गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा शुक्रबार बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसलाले संविधान र लोकतन्त्रवादको विजय भएको जनाएको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी ओलीद्वारा गत पौष ५ गते गरिएको प्रतिनिधि सभा विघटनलाई फागुन ११ गते सर्वोच्च अदालतले बदर गरी प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेको छ । यो संविधान र लोकतन्त्रवादको विजय हो ।’

‘न्यायपालिकाको निर्णयलाई नेपाली कांग्रेस संसदीय दल सम्मान गर्दै हार्दिक स्वागत गर्दछ’, कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्धको अविश्वासको प्रस्तवका विषयमा कांग्रेसले विज्ञप्तिमा एक शब्द बोलेको छैन । नयाँ सरकार गठनका विषयमा पनि कांग्रेसले बोलेको छैन । कम्युनिस्टहरूले कांग्रेसले अविश्वास प्रस्ताव र सरकारमा सहभागीबारे बोल्ड निर्णय गर्छकी भनेर बसेका थिए ।

नेकपा कानूनी रुपमा विभाजन भएको छैन । विभाजन नभएको नेकपाका नेताहरूले भनेकै भरमा लहडमा कांग्रेस संसदीय दलले निर्णय गरेको छैन । कांग्रेसले संसदीय दलबाट सुझवुझपूर्ण निर्णय गरेपछि जनतालाई झुक्काएर निर्वाचनबाट झण्डै दुईतिहाइ पाएका कम्युनिस्टहरू जिल परेका छन् ।

कांग्रेसले नेपालमा हाल पनि कोरोनाभाइरस संक्रमणको प्रभाव रहेको जनाएको छ । ‘कोभिड–१९ को संक्रमणबाट आमनागरिकको जीवन रक्षा गर्नु सरकारको प्रमुख दायित्व हो, त्यसकारण कोेरोनाविरुद्धको खोप आमनागरिकलाई यथाशक्य चाडो लगाइदिने व्यवस्था गरी नेपाली जनताको जीवन रक्षा गर्न सरकार समक्ष नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ संक्रमणको प्रारम्भीक चरणदेखि नै सीमा नाकाहरू बन्द रहेको भन्दै कांग्रेसले बन्द नाकाहरू सहज तरिकाले सुचारु गर्न माग गरेको छ ।

सीमा नाका बन्द भएका कारण उद्योगधन्दा, कलकारखाना र पर्यटन व्यवसायलाई मार परिरहेको कांग्रेसले जनाएको छ ।

‘सबै नाकाहरू सहज तरिकाले सुचारु गर्नेतर्फ सरकारको गम्भीर ध्यानकर्षण गराउँदछौं’, कांग्रेसका प्रमुख सचेतक खाणले भनेका छन् ।

बैठकमा सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, सचेतक पुष्पा भुसाल गौतम, दीव्यमणि राजभण्डारी, भरतकुमार शाह, राजेन्द्रकुमार केसी, रमेशजंग रायमाझी, मानबहादुर विश्वकर्मा, पार्वता डिसी चौधरी, सञ्जयकुमार गौतम, गगनकुमार थापा, भीमसेनदास प्रधान, उमा रेग्मीले धारणा राखेका थिए ।

डा. डिला संग्रौला पन्त, मीना सुब्बा, महेन्द्रकुमारी लिम्वू, हीरा गुरुङ्ग, सत्यनारायण खनाल, देवप्रसाद तिमिल्सिना, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कण्डेल, मा. मोहनप्रसाद पाण्डे, मा. प्रकाश रसाइली स्नेही, प्रमोदकुमार यादव, जिपछिरिङ लामा, तेजुलाल चौधरी, रामबहादुर विष्ट, सुजाता परियार र रंगमती शाहीले आ–आफ्नो विचार, सुझाव र धारणा राखेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2021 March 5, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया