कम्युनिस्टले फसाउन खोजेपछि बल्ल देउवा बोले, पूरै खैलाबैला

रौतहट । नेपाली कांग्रेसले आफ्ना सांसद मोहम्मद अफ्ताब आलमलाई पुरानो झुठो विषयमा फसाइएको जनाएको छ ।

सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको बचाउ गरेका छन् ।

गढीमाई नगरपालिका–६ धरमपुर, सिंगारवनमा बुधबार विष्णु पुराण महायज्ञको शुभारम्भ गर्दै देउवाले पुरानो झुटो मुद्दामा आलमलाई फसाइएको बताएका हुन् । उनले आलमलाई छुटाउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

‘शेख अफ्ताब जेलमा हुनुहुन्छ’, सभापति देउवाले भने, ‘उहाँलाई छुटाउन म आफ्नो तर्फबाट लागिरहन्छु ।’

कांग्रेस सभापति देउवाले भोलिका दिन परिस्थिति बदलिन सक्ने बताएका छन् । उनले निर्धक्क भएर बस्न आलमलाई आग्रह पनि गरेका छन् ।

२०६४ चैत २८ को संविधानसभा निर्वाचनको अघिल्लो रात राजपुरमा भएको बम विस्फोट घटनामा कांग्रेस नेता आलमलाई झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले थुनेर राखेको छ ।

आलमका काका शेख इद्रिसको गोठमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएकाहरूलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा रौतहट क्षेत्र नम्बर २ का सांसद आलम २६ असोज २०७६ मा पक्राउ परेका थिए । आलम पुर्पक्षका लागि थुनामा छन् ।

आलम र उनको परिवारले कम्युनिस्ट सरकारले झुठ्ठा मुद्धा लगाएर फसाएको आरोप लगाएको छ ।
कम्युनिस्टहरूले आजीवन कारावास पाएका बालकृष्ण ढुंगेल जस्तालाई माफी दिएर छुटाएका छन् ।

कम्युनिस्टहरूले चितवनमा नेपाल तरुण दलका तत्कालीन अध्यक्षका तीन जना हत्याराको सजाय माफ गरेर छाडेका छन् । तर, कांग्रेस नेता आलमलाई राजनीतिक षड्यन्त्रमा थुनामा राखिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटालाई पनि हत्याको अभियोग छ । सापकोटाको मुद्धा सर्वोच्च अदालतमा छ ।

Published : Wednesday, 2021 March 3, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया