धेरै फुरफुर गरेपछि ओलीलाई सिध्याउन प्वाँख काटियो, अब उड्न नसक्ने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री खड्गप्रसाद ओलीका ७ जना नेताहरूलाई कारबाही गरेको छ ।

काठमाडौंको कोटेश्वरस्थित पार्टी कार्यालयमा बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले ओली निकटका नेता सुवासचन्द्र नेम्वाङसहितका नेताहरूलाई कारबाही गरिएको प्रचण्ड–माधव समूहले जनाएको छ ।

कारबाहीमा पर्नेहरूमा केन्द्रीय सदस्यहरू सुवासचन्द्र नेम्वाङ, शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापा रहेका छन् । उनीहरूलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय भएको छ । कारबाहीमा परेकाहरू ओलीका निकटका नेताहरू हुन् । उनीहरूले पार्टी हित विपरितका कार्य गरेको आरोप प्रचण्ड–माधव समूहको छ ।

प्रचण्ड–माधव समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको नेताबाट खड्गप्रसाद ओली र उप–नेताबाट सुवास नेम्वाङ तथा सचेतकबाट शान्ता चौधरीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।

प्रचण्ड–माधव समूहले स्थायी समिति बैठकले संसदीय दलको नेता, उप–नेता र सचेतक फेर्ने एजेण्डा केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो ।

संसद भङ्ग भएपछि नेकपा विभाजन भएको थियो । नेकपा विभाजन भए पनि औपचारिक रुपमा फुटेको छैन ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गर्ने निर्णय गरेको थियो ।

प्रचण्ड–माधव समूहले संसदीय दलको नेता फेरे पनि निर्वाचन आयोगले मान्यता दिएको छैन । आयोगले नेकपा विभाजन नभएको जनाएको छ ।

यसैबीच, नेकपाको प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरूको तीनपानेमा हस्ताक्षर संकलन गराएको छ । केन्द्रीय सदस्यहरूलाई तीन ठाउँमा हस्ताक्षर संकलन गरिएको हो ।

केन्द्रीय सदस्यहरूको नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र पनि संकलन गरिएको छ । हस्ताक्षर संकलन निर्वाचन आयोगमा पार्टी वैधानिकता दाबी गर्ने प्रयोजनका लागि गरिएको छ ।

आयोगमा वैधानिकताको दबाब, संसद र सरकार निर्माणमा निर्णय लिन भने सचिवालय र स्थायी समितिलाई जिम्मेवारी दिइएको प्रचण्ड–माधव समूहले जनाएको छ ।

Published : Wednesday, 2021 March 3, 6:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया