कांग्रेसका पूर्वकार्यबाहक सभापति अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यबाहक सभापति एवम् संगठन विभागका प्रमुख गोपालमान श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।

आइतबार नेता श्रेष्ठलाई सास फेर्न समस्या भएपछि नर्भिक अस्पताल भर्ना गरिएको हो ।

सीसीयुमा भर्ना भएका श्रेष्ठको सोमबार स्वास्थ्यमा केही सुधार देखिएपछि सामान्य बेडमा सारिएको छ । श्रेष्ठको उपचारमा कार्डियोलोजिष्ट डा.जेपी जैसवाल संलग्न छन् ।

यसअघि, नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी बिरामी भएपछि नर्भिक अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।

Published : Monday, 2021 March 1, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया