लालकिल्लामा छिर्‍यो तरुण दल, गल्कोटमा वडा समितिहरू गठन, कम्युनिस्टको निद हराम

गल्कोट । नेपाल तरुण दल बाग्लुङले गल्कोट नगरपालिकामा आफ्नो संगठन विस्तार गरेको छ ।

नेपाल तरुण दल बाग्लुङका सभापति उमाकान्त शर्मा ‘बाबू’, नेपाल तरुण दल बाग्लुङका सचिव नवीर शेरचन, कोषाध्यक्ष देवेन्द्र घर्ती मगर, कांग्रेस नेतृ मञ्जु शर्मा चालिसेसहितका स्थानीय तरुण नेताहरूले वडाहरूमा तरुण दल गठन गरेका हुन् ।

शनिबार, आइतबार र सोमबार विभिन्न वडाहरूमा तरुण दलको नयाँ कार्यसमितिहरू गठन गरिएको कोषाध्यक्ष देवेन्द्र घर्ती मगरले जानकारी दिएका छन् ।

तरुण दलको जागरण तथा संगठन बिस्तार अभियानअन्तर्गत गल्कोट नगरपालिका वडा नम्बर ७ मल्ममा नेपाल तरुण दलको नयाँ कार्यसमिति गठन भएको छ ।

तरुण दलको अध्यक्षमा ईश्वर मल्ललाई अध्यक्षको जिम्मेवारी दिइएको कोषाध्यक्ष मगरले बताए । कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

उपाध्यक्षद्वयमा प्रदीप केसी र भरत थापा ‘ईश्वर’, सचिव नवीन थापा मगर, सह–सचिवमा सरस्वती केसी र कोषाध्यक्षमा शंकर थापालाई जिम्मेवारी दिइएको छ ।

गल्कोट नगरपालिका वडा नम्बर ९ मा पनि नेपाल तरुण दल गठन भएको छ । खगेन्द्रमान केसीलाई अध्यक्षको जिम्मेवारी तोकिएको छ । सचिवमा ईश्वर गौतमलाई जिम्मेवारी दिइएको छ ।

तीन उपाध्यक्षमा विवेक खरेल, कुषणप्रसाद गौतम, विदुर खरेललाई दिइएको छ । सह–सचिवको जिम्मेवारी सरस्वती सापकोटा र कोषाध्यक्षको जिम्मेवारी कमल खरेललाई दिइएको छ ।

गल्कोट नगरपालिका वडा नम्बर १ दुढिलाभातीमा पनि नेपाल तरुण दल गठन भएको छ ।

तरुण दलको जिम्मेवारी डम्मरबहादुर खत्रीलाई दिइएको छ । उपाध्यक्षद्वयमा बुद्ध खड्का र हरि नेपाली चयन भएका छन् ।

सचिवको जिम्मेवारी सन्तोष पुनलाई दिइएको छभने सह–सचिवको जिम्मेवारी दानबहादुर पुन र कोषाध्यक्षको जिम्मेवारी डोलबहादुर खत्रीलाई दिइएको कोषाध्यक्ष मगरले बताए ।

त्यसैगरी, गल्कोट नगरपालिका वडा नम्बर १० पाण्डवखानीमा संविधान सभा सदस्य तथा नेपाली कांग्रेस बाग्लुङका नेता निरज पुनसहितका नेताहरूको उपस्थितिमा नयाँ कार्यसमिति गठन भएको हो ।

तरुण दलको अध्यक्षको जिम्मेवारी कुमार पुनलाई दिइएको छ । उपाध्यक्षको उम्मेवारी लालप्रसाद पुन र दानस काउचालाई दिइएको छ ।

सचिवमा कमल श्रीस, सह–सचिवमा युवराज शाही, कोषाध्यक्षमा कमला थापालाई दिइएको छ ।

कम्युनिस्टहरूले आफ्नो लाल किल्ला ठान्ने बाग्लुङको गल्कोट नगरपालिकाको वडाहरूमा नेपाल तरुण दलले वडा कार्यसमितिहरू गठन गरेपछि कम्युनिस्टहरूलाई तनाब भएको छ ।

नेपाल तरुण दलको कार्यबाट कम्युनिस्टहरू निद हराम भएको छ । गल्कोटका तरुणहरू कांग्रेसलाई बलियो बनाउन संगठन सुदृढीकरणमा लागेका हुन् ।

Published : Monday, 2021 March 1, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया