राष्ट्रपति–रामचन्द्र–गगन र शेखरले बल्ल बुझे देउवाका कुरा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादमा नेपाली कांग्रेस नपर्ने भएको छ ।

कांग्रेसले नेकपाका दुबै समूहका गतिविधिलाई सुक्ष्म ढंगले हेर्ने जनाएको छ । कांग्रेसले नेकपाका दुबै समूहमध्ये कसलाई समर्थन गर्ने निर्णय तत्काल नगर्ने निष्कर्ष निकालेको छ । कांग्रेसले कुनै समूहलाई समर्थन गर्ने भन्ने विषयमा पहिला नेकपाले पार्टी विभाजनको सर्टिफिक घुमाउरो भाषामा माग गरेको छ ।

नेकपामा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल गरी दुई समूह देखिएका छन् ।

निर्वाचन आयोगले यी दुई पक्षमध्ये कुनलाई आधिकारिकता दिन्छ वा यी समूहले कुनले बेग्लै पार्टी गठन गर्छ त्यसअनुसार निर्णय गर्ने तयारीमा कांग्रेस छ ।

सभापति शेरबहादुर देउवाको निवासमा बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले तत्काल कसलाई समर्थन गर्ने वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवस्था आए त्यसबेला के गर्ने भन्नेबारे कुनै निर्णय गरेन ।

फागुन २४ गते बस्ने प्रतिनिधि सभा बैठकसम्म नेकपाका दुई समूहका गतिविधिलाई सुष्म ढंगले हेर्ने रणनीतिमा कांग्रेस छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेर देशलाई ठूलो संकटमा जानबाट बचाएको बताएका छन् । उनले संसदीय प्रक्रिया अगाडि बढ्नुपर्ने बताएका छन् ।

पौडेलले प्रतिनिधि सभा बैठक बसेपछि कसरी प्रक्रिया अगाडि बढ्छ त्यसपछि कांग्रेसले आफ्नो रणनीति लिनुपर्ने बैठकमा धारणा राखेका छन् ।

कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महत नेकपा अहिलेसम्म कानूनी रूपमा एक नै रहेकोले त्यसभित्रका कुन समूहलाई समर्थन गर्ने भन्नेतर्फ कांग्रेस नलाग्ने बताएका छन् ।

‘नेकपा कानूनी रूपमा एउटै छ । संसदीय दलका नेता प्रधानमन्त्री ओली नै छन्’, उनले भने, ‘त्यसकारण नेकपाको कुन समूहलाई सहयोग गर्ने वा सरकारमा जाने कि नजाने भन्नेबारे कांग्रेसले अहिले केही सोचेको पनि छैन ।’

नेकपाका समूहहरूसँग सहकार्य गर्नेबारे कांग्रेसले हतारो नगर्ने उनी बताउँछन् । ‘उहाँहरूले कानूनी आधार नै तय गर्नुभएको छैन अनि हामीले किन सहकार्यको कुरा गर्ने ? ओलीजीलाई नै निरन्तरता दिनुहुन्छ कि के गर्नुहुन्छ त्यो उहाँहरूको कुरा हो’, उनले भनेका छन् ।

डा.महतले पनि उचित समयमा कांग्रेसले परिपक्क निर्णय गर्ने बताएका छन् । नेकपाभित्र देखिएका आन्तरिक विवादको हल नभएसम्म कांग्रेसले पर्खने रणनीति लिएको छ ।

बैठकमा सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकअघि आफू निकटका नेताहरूसँग छलफल गरेका थिए ।

देउवाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेको र बदलिँदो राजनीतिक घटनाक्रमबारे नेताहरूसँग परामर्श गरेका थिए ।

नेकपाका प्रचण्ड–माधवकुमार नेपालले बुधबार देउवालाई भेटेर सहकार्यको प्रस्ताव गरेका थिए । देउवाले यसबारे पार्टीमा छलफल गर्ने बताएका थिए ।

देउवाले आफूनिकट नेताहरूसँग नेकपामा दुइटा समूह देखिए पनि कानूनी रूपमा नेकपा सग्लो नै रहेको विफ्रिङ गरेका छन् ।

नेकपाका दुवै समूहले विभिन्न प्रस्ताव गर्दै आएको देउवाको भनाइ छ । देउवाले भनेका छन्, ‘नेकपाका दुवै समूहले कांग्रेससँग खुलेआम नै सहकार्यको प्रस्ताव गरिरहेका छन् । लुकाउनुपर्ने केही कुरा छैन, यी विषय सार्वजनिक रूपले नै आइसकेका छन् ।’

सर्वोच्चले मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गरिदिएकोले नेकपाका दुई समूह अब के गर्छन् कांग्रेसले ध्यान दिनुपर्ने देउवाले बताएका छन् ।

देउवाले भने, ‘नेकपाका दुइटा समूहका गतिविधि हेरेर मात्रै कांग्रेस निर्णयमा जानुपर्छ भन्ने सभापतिजीको भनाइ रह्यो । दुई समूह भए पनि नेकपा त एकै पार्टी छ ।’

सभापति देउवाको बोली नझिएको भनेर राष्ट्रपति विद्यादेवी भण्डारीसहितका नेता तथा कार्यकर्ताहरूले हाँसोमा उडाउँदै आएका छन् । तर, देउवाले सबैले बुझिने गरेर नेकपाभित्रको विवाद हेरिरहेको जनाएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, गगन थापा, डा.शेखर कोइरालाले आलोचना गरिरहेका बेला देउवाले नबुझिने बोलीमा सबैलाई चकित पार्ने गरेर नेकपाभित्रको कुरा पार्टीमा राखेका छन् ।

Published : Thursday, 2021 February 25, 11:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया